मायाँ (a poem from Harihar)


म एकोहोरो टोलाउँछु  
औधि मायाँ लाग्छ आफ्नो  !!
उँधो  मायाँ गर्छु छोरा छोरीलाई 
उँभो मायाँ गर्छु बाबुआमालाई !!
समानान्तर मायाँ सर्छ
जीवन संगिनीमा !!
थ्री जी  मायाँको परिभाषा
सूचना प्रबिधिसंग दाज्छु !
एउटा फूल फूलबारीमा
खुबै मन परेको
मायाँ लाग्छ त्यसको !
सानो हुँदाको कुरा
हजुरआमा,
साउँको भन्दा ब्याजको मायाँ !
युवा हुँदाको कुरा
साथीहरु,
फूलबारीका फूल जस्तै 
मायाँहरु बटुल्थे !
प्रबिधि जस्तै
मेरो मायाँ
फाइभ  जी  मा पदोन्नती हुन्छ !
कतै
न्युक्लिअस् जस्तै थिग्रिने त होइन ?
कतै
इलेक्ट्रोन् जस्तै प्रवाहित हुने त होइन ?
हजुरआमाको न्यानो काख
अंतर्राट्रीय कम्पनिहरुको
दबदबा संगै साँघुरिन सक्छ
मेरो मायाँ
समयसंगै साटिन सक्छ !
कालान्तरमा
मायाँ फेरी सम्झौता गरेर
गास्नु पर्छ !!
एउटा फूल मायाँको
फेरी फूलबारीमा फूलाउनु पर्छ !!
छोरी बाबा भन्छे
म एकोहोरो टोलाउँछु !!        

धन्यवाद
                                                                                         -हरिहर पौडेल

Comments

Popular posts from this blog

भन्सार यार्डको बास्ना !

भन्सार अधिकृतको ट्रक डायरी

एउटा फरक अनुभव : भारत कृषि भ्रमण