******** पर्यटनको पर्व ********

दस गजाको
किनारै किनार
यात्रा सुरु ..... !
रमाइला बस्तीहरु
सरेको
संस्कृतिक सम्पदा
मिश्रित अनुहार
आफ्नै
बुझाइको भाषा ... !!
प्रकितिको
अनुपम रस
जंगलको पुछार
काममा ब्यस्त
परिश्रमी हातहरु .. !
आएका अनगिन्ती
खोलाहरु
किनारमा
निर्मल र बसन्त बस्तीहरु
नाम जस्तै .... !!
एउटा
सिमाना
छिचोलेर ठोरी पुग्दा
अनुभूति पर्यटनको
सम्झना महोत्सबको
हृदय भरि संगालेर
मन भित्र मन लुक्छ !!!
निकुन्जको जंगल
सकिंदै जाँदा
अर्को बस्ति सुरु .....!!
पहाडका अनगिन्ति
जन्महरु
खोइ कुन समय
औलो लाग्ने डर
निकाल्दै
अभावमा जिउने
खोरियाहरु फाँडेर
बनेको भूमि
जनावरको सताई
निचोर्दै छ जीवन
आधुनिक सताप्दिमा .... !!
बिजुलीको विकल्प
राज्यसंग के सरोकार
धूलो उड्दा
सेताम्य छानाहरू
टल्कीन्छन
उर्जाका सौर्य पाताहरु ..!!
मध्यवर्ती क्षेत्र
मनको महोत्सब ....!!
पर्यटनको पर्ब
वर्षको यात्रा
निरन्तर ..... !!!


बिजुलीको विकल्प, चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र को अयोध्यापुरी माडी चितवन

Comments

Popular posts from this blog

भन्सार यार्डको बास्ना !

भन्सार अधिकृतको ट्रक डायरी

एउटा फरक अनुभव : भारत कृषि भ्रमण