मान्छे !! मान्छे !! मान्छे !!!
मान्छे
तथाकथित् स्वाभिमान
छ भन्ने सोचेर
अभिमान
कैद छ भन्ने सम्झेर
ख्यातिहरुबाट
समानुपातिक वितरित हुँदै
यहाँ सम्म ....... !!
बाँचुन्जेल कहाँ कहाँ
मृत्यु पर्यन्तको खोजि
नथाकेर प्रसंशाको
सूचनाका मिथ्यांकहरु ..... !!
बबुरो एक कुनामा
खाता लेख्छ
माने लिउं
उ विश्व बिजेता हो !
सूचना प्राप्त हुन्छ
प्रेस, प्रेस र प्रेसबाट
माने लिउं
उ सबै सबैको
हकदार हो !!
आखिरमा
टन्न मन लिएर
निमिट्यान्न जीन्दगी
बिताउनेहरु
कति
खुसि, सुखी र सन्तुष्टि
पाए होलान !!
भाग आफ्नोबाट
नअघाएर
हसुर्न आतुर असुरहरु
जगत कल्पनामा
कता कता पलायन
जीन्दगी
अभिष्ट, अनिष्ट र कनिष्ठ
भएर
गए होलान !!
सम्झनाको तरेलीमा
छालहरू आउंदा
त्यो मन पनि
यो मन जस्तै
अन्तरमा
लुकेर जम्मा
गरेको साहस
बाँडेर
सुगमताको अगम
छहारीमा..... !!
कल्पनाको कुरा
सपनाको कुरा
तर्क र बितर्क
आफ्नै
दुनिया रंग भर्दैछ
मान्छे !!
मान्छे !!
मान्छे !!!

श्रद्धान्जली !!!
Comments
Post a Comment