दसैंको यात्रा, पर्यटन र गाउँ

 -हरिहर
                                                                  स्वरेक, छतिवन
                                                                   २०६९।७।१०



पहाडका मनहरु
असिम उत्साह
निकाल्छन् यो दशैंमा ।
कतिका बाध्यताका दशैं
कतिका रहरका ।
गाउँ एक्लिदैँ जाँदा
खाडिमा दशैंको रौनक भयो रे
बिदेशका रहरहरू
गाउँ पाखाभरि दशैं उडाउंदै
गाउँ उमंगमा छ ।

प्रकृतिका अनुपम दृष्य
कैद गर्दै पर्यटक
महोत्सवको आनन्दमा रमाउँदा
श्रम शिविरमा सम्झनाका तरेलीहरु
गाउँदैछ गाउँ ।

पाखाभरि बनमारा
वनभरि वनचरी
खोज्दैछन् सुर पाखुरी
विरहमा पहाड
गुम्सिन्छ आफै भित्र ।

दशैंको बेला
पिंगको मज्जा
चचहुइ.. चचहुइ..
झुलेका बाली
रखवाली छैन
सुन्यतामा गाउँ
पुन एकोहोरिन्छ !

दशैंमा शहर रोयो रे
दशैं पछी गाउँ रुन्छ रे
शहरले गाउँलाई सान्त्वना दिँदै  
अर्को साल यही मास
भेट्ने बाचा गर्छ,
हाम्रो गाउँ राम्रो गाउँ
पुस्तकका पानामा
कालिला नानीहरु
देख्दछन् ।

हाम्रो गाउँमा ...
.... थियो रे ..
गाउँ खाने कथा !!

बहाना दशैंको
यात्रा गाउँको
पदयात्रा पदबिहिन
आफ्नै गाउँ
यात्रा अनन्तको
समय पर्यटनको !





Comments

Popular posts from this blog

भन्सार यार्डको बास्ना !

भन्सार अधिकृतको ट्रक डायरी

एउटा फरक अनुभव : भारत कृषि भ्रमण