****बन्दीपुर****

सिंगो इतिहास 
चिरेर एउटा जन्मन्छ 
बस्ति !!
सग्लो पृथ्वी 
उलट पुलट 
भएर ब्यूतन्छ  
प्रकृति !!
हेराई न हो
भौतिकताको,
बुझाई न हो 
मौलिकताको  
अनुपम सुन्दर
प्रकृति !!

उग्लेका बादल
हेर्दाहेर्दै
जंगल र जनावर
अनुभूति गर्छ
मान्छे !
अदृश्य , अप्राप्य
सम्भावनाको खोजीमा
घनिभूत हुन्छ
मान्छे !!

नयनहरु क्लिप
बन्दनमा
औंलाहरु क्लिक
गर्नमा अभ्यस्त हुँदा
बेग्लै स्वरूप
बन्दीपुर !!
कल्पनामा हराउनेलाई
आँखाका भाकाहरु बोल्नेलाई
प्रकृतिका भाषाहरु बुझ्नेलाई
गन्तब्य !!
समानतामा विषमता खोज्ने
अधुरा चाहनाहरु बोकेर
हराई रहेको एउटा
ऐतिहासिक ब्यापारिक धरोहर !!
कृषिमा कुर्सि
देख्नेहरु
स्वादका अभिन्न पारखीहरु
एउटा बेग्लै
स्वाद
बन्दीपुरलाई सलाम !!!
बन्दीपुर
बन्दीपुर
बन्दीपुर
बन्दीपुर

Comments

Popular posts from this blog

भन्सार यार्डको बास्ना !

भन्सार अधिकृतको ट्रक डायरी

भुकम्प र पराकम्पका निसानाहरु