....कुसुमहरु....
वनचरीहरु
लय हाल्दै गर्दा
माथ दिन्छन्
सुमधुर संगीतलाई
प्राकृतिक छटाको
अनुपम फूलका बास्नाहरु
शोभाउँछन् हावालाई !!
निगालाहरु
बहेली खेल्दा
झाडीहरु सुस्ताउँछन्,
बँदेलहरु बथानमा
रमाउँदा गुन्जिन्छ
जंगल यात्रा !!
माया जस्तै
फूलहरु फक्रिन्छन् वैंसमा
जडिबुटीका रागहरु
उर्लिन्छन् यही
खप्तडको वक्षस्थलमा !!
कोस पुष्पहरु
कुसुम छर्दै यही धर्तिमा
रमाएका छन् !
बनका
बासिन्दाहरु अनगिन्ति
हौसिएका छन् ।।
काखमा बलेल्त र नैनीहरु
नौनी जस्तै
तल्ली र उपल्ली गर्दै
हल्ली खल्ली गर्छन् !!
बस्तीहरु स्वागतमा
आफ्नै
आँगनमा नाच्दछन् ।
बाटाहरु
बास्ना संगै
छहराको छङ छङ
प्यास मेटाउन
कलकल पानी
थापेर घाँटी
बटुवाहरु भित्रैसम्म
भिज्दछन् ।
संग्रामतोली थपक्क
पलेटी कसेर साँफेबगर हेर्छ,
रामरोसन र बडीमालिका,
बैद्यधाम अवसरको
पर्खाइमा
हरेक बटुवा संग मौन
प्रस्न सोध्छ,
कुसुमहरु
बास्ना ओकल्छन्
यात्रा जारी
खप्तड वारिपारि !!!
-हरिहर
खप्तड, आछाम
२०६९।७।२२

लय हाल्दै गर्दा
माथ दिन्छन्
सुमधुर संगीतलाई
प्राकृतिक छटाको
अनुपम फूलका बास्नाहरु
शोभाउँछन् हावालाई !!
निगालाहरु
बहेली खेल्दा
झाडीहरु सुस्ताउँछन्,
बँदेलहरु बथानमा
रमाउँदा गुन्जिन्छ
जंगल यात्रा !!
माया जस्तै
फूलहरु फक्रिन्छन् वैंसमा
जडिबुटीका रागहरु
उर्लिन्छन् यही
खप्तडको वक्षस्थलमा !!
कोस पुष्पहरु
कुसुम छर्दै यही धर्तिमा
रमाएका छन् !
बनका
बासिन्दाहरु अनगिन्ति
हौसिएका छन् ।।
काखमा बलेल्त र नैनीहरु
नौनी जस्तै
तल्ली र उपल्ली गर्दै
हल्ली खल्ली गर्छन् !!
बस्तीहरु स्वागतमा
आफ्नै
आँगनमा नाच्दछन् ।
बाटाहरु
बास्ना संगै
छहराको छङ छङ
प्यास मेटाउन
कलकल पानी
थापेर घाँटी
बटुवाहरु भित्रैसम्म
भिज्दछन् ।
संग्रामतोली थपक्क
पलेटी कसेर साँफेबगर हेर्छ,
रामरोसन र बडीमालिका,
बैद्यधाम अवसरको
पर्खाइमा
हरेक बटुवा संग मौन
प्रस्न सोध्छ,
कुसुमहरु
बास्ना ओकल्छन्
यात्रा जारी
खप्तड वारिपारि !!!
-हरिहर
खप्तड, आछाम
२०६९।७।२२

Comments
Post a Comment