पहाडको राजा : खप्तड

समय अन्तरालमा
बितिरह्यो
बस्तिहरु परिश्रम गर्दैगर्दा
फलाउँछन् आधा वर्षको फल
बाँकी समय
अन्तरालमा बित्छ !
भाइ सोध्छ .......
दिदी भोक लाग्यो,
पर्ख बाबु खोरिया फाँड्छु,
दिदी भोक लाग्यो,
पर्ख बाबु बिउ छर्छु
दिदी भोक लाग्यो,
पर्ख बाबु बिउ गोड्छु,
..............................
.............................
समय बित्छ,
आधा वर्षको
जहाँ
अभिछिन्न खोरियाहरु
खोस्रेर पसिनाहरु बग्छन्,
खप्तड
राजा जस्तो नतमस्तक
टुलुटुलु हेर्छ नियति !!

अनगिन्ति फूलहरु
छातीमा टाँसेर
वन पैदावर गाँसेर
पिरतीको भाकामा
खप्तड हाँसेको छ !
पाटनहरु
लमतन्न सुत्छन्
डोटी, आछामहरु
गर्व गर्छन्,
राजा हाम्रो हो !
निगालाका झाडी
पार गर्दै वटुवा
डोटी, आछाम पुग्छ !!
त्रिवेणीको मेला
पहाड चढ्छन्
बस्तीहरु !
उकालो माथि
औडेखौडे उपत्यका
खप्तड राजा जस्तो
रामरोसन र बडीमालिका
हेर्दै
पुन:
त्रिवेणीको मेला
पर्खन्छ !!
दशैं तिहार बित्दा
हिउँ संगै फुलेका कपाल
खप्तड राजाका
अति रमाइलो !!


- हरिहर
खप्तड, आछाम
२०६९।७।२१



Comments

Popular posts from this blog

भन्सार यार्डको बास्ना !

भन्सार अधिकृतको ट्रक डायरी

भुकम्प र पराकम्पका निसानाहरु