.......सम्झनाहरु धम्पुसमा................

समर्पण भावको
अतिरन्जना मायाको
समिपमा लुकेको खुशी
सम्झनासंगै रमाउंछ ।
माछापुछ्रे ट्वाल्ल पर्दै गर्दा
वनकुसुमका छटाहरु लुकामारी खेल्छन् ,
अन्नपूर्णहरु नतमस्तक
पोखरा लमतन्न परेको बेला
धम्पुस सम्झना र भावना भित्र
समर्पण खोज्छ ।

पिरतीको भाषा
सेतीको किनारमा
अबिरल बग्दै गर्दा
मनहरु फेरि बेचैन बन्छन्,
स्वाधिनता बिचारको
दिग्गजता वस्तुपरकताको
तैपनि
हृदयहरुको असिम आयाम
अनुकम्पीत हुन्छ ।

उमेर र समयले
पाखाभरी गिज्याउंछ
कोलाहल उही
समिप्यता उही
फेरी
मन उसैगरी
यौवना भित्रै हराउंछ ।

निरन्तरताको बोली
एकआपसमा खोलिन्छ
सेतीमा धेरै पानी बगे पनि
धम्पुसमा कुहिरो लागे पनि
चक्र बन्दै गर्छ
पुर्नमिलनको !
भरोषा समर्पणको !!
यो हो क्षण जिन्दगीको !!!


हरिहर
धम्पुस
२०६९।९।२८




माछापुछ्रे
माछापुछ्रे

Comments

Popular posts from this blog

भन्सार यार्डको बास्ना !

भन्सार अधिकृतको ट्रक डायरी

एउटा फरक अनुभव : भारत कृषि भ्रमण