भुकम्प र पराकम्पका निसानाहरु

कहिल्यै लिन नजानेका
स्वाभिमानी मनहरु
यसपटक छियाछिया बने
कहिल्यै थाप्न नजानेका
हातहरु एकमाना
चामलको आषामा
तीन दिनको यात्रामा निस्किए ।
राज्य उनीहरुको
तस्वीर देखाउँदै
रमाईरह्यो ।

अनुपम बस्तीहरु
धूलोमा बिलिन भए
छिमेकीहरु
गिलासमा पानी लिएर आउँदा
पानी कस्को हातवाट
कस्लाई दिने भनेर
राजनितीक निष्कर्ष विहिन
बैठक बस्यो ।

बस्ती विकासका
कोठे बहसहरुमा
फाइदा बेफाइदाका
कुराहरु उठे ।

विशाल घरमा पाल बाँडेर
राज्यले
जन प्रतिनिधित्वको
उपहास उडायो ।

काम गर्ने तत्कालका
सारथीहरु बिना सुविधा
काममा जुटीरहँदा
शहरमा कराईका टोपी,
सुरक्षा ज्याकेट र पन्जा
लगाएका एकहुल
मान्छेहरु
फोटो शेसन गर्दै थिए ।

विज्ञापनको दुनिया
कैयौं प्रतिबद्धताका मूल फूटे
महिनौ सम्म
एकमाना चामल र ओत
नपाएका
शान्त र विशाल
ती मनहरु
आत्तिएनन् ।

उद्धारमा देशी विदेशीले
ज्यान दिँदा
राज्य
भागबण्डामा रमाइरह्यो ।

 भुकम्प र पराकम्प २०७२
का निशानाहरु
निरन्तर
निरन्तर
त्रासदीपूर्ण बनेर
हृदयहरु
खल्बल्याई रहँदा
राज्य देश विदेशको
मुसाफिरमा
रमाइरहेको छ
दैव हाँसिरहेको छ




Comments

Popular posts from this blog

भन्सार यार्डको बास्ना !

भन्सार अधिकृतको ट्रक डायरी

एउटा फरक अनुभव : भारत कृषि भ्रमण