----कथा----

-कथा-
पूर्ण छ
तर
अपुरा कथाहरु
मुलुकका ब्यथाहरु
उत्पतिका अर्थहरु
कर्मका सार्थहरु
विकाशका सम्भावनाहरु
मनवका अनायासहरु ।।
अुपूर्ण ! अपूर्ण !!
चरिकोट कि निरमायाले
विदेशमा ख्याती कमाइन्
माइती देशकी दिदीले
थुप्रै पुरक्कार पाइन्
जनतालाई सुरक्षा दिने निकाय
आचरणगत अदालत, धरौटीमा ब्यस्त छ
देशका सम्भावनाहरु विदेशको माटो खन्दैछ !!
कथा टुंगिदैन !!
बाबुले छोरीहरुलाई पुलबाट फाल्न
सिकाएको यो गोरेटो
देश भित्र मात्र होइन
त्यो भन्दा भित्र बेचिएको पुरातन
कोहि जान नसक्ने हतियार भण्डार
रित्तिएको त्यो दिन
यो देशको रक्षा
मेटिंदा खेरि
राजनीतिलाई पाखण्डी पेशा
ठानेर यो आमाको अस्मिता
रेटिदा खेरि
महामुर्ख थाहा नहुने कल्पनामा
रमाई रहेछ
र त
कथा अपूर्ण छ !!
वार्ता जारी छ
जनता महामुर्ख सम्मेलनको
जात्रामा अभ्यस्त बन्दा
श्रोत सुक्दै छ
नेपथ्यमा
कुकुर भुक्दै छ !!
महा शक्ति पुग्नेहरु
रमाएकै होलान
यो देशको कुरा
चलाउन छुरा !!
ठेक्का प्रथा
धन्य छ
पूर्ण छ
मुलुक !!
तर
कथा अपूर्ण छ !!

Comments

Popular posts from this blog

भन्सार यार्डको बास्ना !

भन्सार अधिकृतको ट्रक डायरी

एउटा फरक अनुभव : भारत कृषि भ्रमण