हाम्रा दोषहरु
सम्झनाका तरेलीमा समेत
तिम्रा अपशकुनहरुले
झस्क्याउँदा
विरक्त मन बोकेर
दिनचर्याको भारी
विसाउने चौतारी खोज्दैछु ।
उद्देश्य विहिन तिम्रा कामहरु
गोस्वारा बनेर पुस्तौंपुस्ता
तिम्रा सन्ततीलाई पछ्याईरहँदा
मैले गरेको भन्दै गर्वसाथ
तिमी सुनौटाहरु वीच
हराईरहेका हुनेछौ ।
एउटा मात्र सत्य हुन्छ
लाखौं झूट र भ्रम छरेर
धर्ती डगमगाउँदैन
उत्तमताको गन्धसम्म
थाहा नपाउनेहरुले
संसार कै सुन्दरी भने पनि
अर्धहरुको संजालमा
केहि तेल मात्र थप्न सक्छ ।
कागजी पूर्वाधार
बोलीका विकास
प्रतिवेदनीय घोकाईले
पूर्णता पाउने भए
सायद हाम्रा भोकहरु
मृगतृष्णा सरी फेरि
जगमगाउँदैन थिए ।
समयले कहिले कसलाई माथि
र
कहिले कसलाई तल पारेकै हो
ममताका खानीहरुमा
तिम्रा दोषहरु पखालेर
गन्तब्यको यो अनवरत यात्रामा
समयको बोधसंगै
कस्तुरीको वास्ना पहिल्याउन
संगैको साथ तय गरौं ।
फेरि पनि
अनुभुतिहरु बाधक नबनून्
एउटा प्रमाणीय सत्यताको
पछ्याईमा
हाम्रा दोषहरु कैद भित्रै रहुन् ।
………नयाँ वर्षको शुभकामना …..
……………….२०७४………………..
Comments
Post a Comment