मुखौटो र मेरो काठमाण्डौं

आधा शताब्दी 
अघिको कुरा ।।
एउटा सपनाको शहर 
काठमाण्डौं । 
हंगकंग, सिंगापुर, बैंकक घुमेर 
काठमाण्डौं छिर्दा 
मान्छेहरु भन्थे, आहा ।
दिल्ली, कोलकत्ता र मुम्बईको 
पैसा खर्च गर्न 
तम्तयार थियो काठमाण्डौं ।

हो यही काठमाण्डु
सिलिगुरी, पटना र लखनऊ 
काठमाण्डौं कै सपनामा 
रमाउँथे ।

समय फेरियो 
काठमाण्डौं पनि फेरियो 
तर 
फेरिएन पोसाक 
अनि बढ्दै गरेको जिउमा 
कसरी अटाओस् 
वाल्यकालको लुगा ?
अनि छोपिएन लाज 
देखिएन ताज 
र त
बटुवाहरु 
लाज लागेर 
मुखौटो बिना हिड्न छाडे ।

आज 
शहर जतासुकै बिध्न छ 
सूचना बिहिन जाममा छ 
स्वयम्भुका आँखाले देख्न छाडेका छन् 
किन कि शहर 
तुवाँलोमय धूलमा परिणत छ ।

कसैले काठमाण्डौंको हाल सोधेमा भनिदिनु होला है
मुखौटो बिना काठमाण्डौ 
देख्न सकिने छैन ।

मेरो शहर 
हामीले मुखौटो लगायौं 
मान्छे नचिनिने गरी 
बाटोमा कसैसंग नबोल्ने गरी 
हुन त आजभोली
शहरको आँगनीमा 
मान्छे होइन 
मुखौटो लगाएको 
भूत हिँड्छ रे 
मेलम्चीको पानी
नआउँदै वर्षामा सडक पूरै
रोपाईँ जात्रामा नाच्छ रे 
घाम लागेको बेला 
आखाँ मिचौलीको खेल
सडक भरी देखिन्छ रे ।।

यो शहर 
मुखौटोको बिरानो शहर ..
मेरो काठमाण्डौं ।।


Comments

Popular posts from this blog

भन्सार यार्डको बास्ना !

भन्सार अधिकृतको ट्रक डायरी

एउटा फरक अनुभव : भारत कृषि भ्रमण