... र म पोखरा आउन पाइन

जीन्दगीको रथ थाल्दा
यस्तो होला भनेर
सोचिएकै थिएन

त्यहीनिर उर्वर कालमा
ठेस लाग्दा पनि
लागेकै थिएन जीवनमा
समय पनि अभाव होला

उकालो लागेको समय
जे मा लाग्यो त्यसैमा समर्पण
सकेसम्म भएकै पनि हो ।

आफ्नो जीवनको गाँठो कसेको
त्यो शहर, त्यो गाऊँ
अझै पनि ताजा छ मनमा ।

तैपनि म पोखरा आउन पाइन ।

सीतल वस्तीका
गैह्रा, घाँटी र माले पाटनका स्वादहरु
छोरेपाटन तिरै भौंतारिँदा
मन आतुर थियो
र पनि म पोखरा आउन पाइन

धूलो र हिल्याम्य शहरको छातीमा
दिनहुँ दौडिएर उछिन्ने प्रयास गर्दा
विचमा नै हराएर
आँफैलाई भेट्न भए पनि
रहर कुँज्याएर
म पोखरा आउन पाइन ।

थकानहरु विसाउन
मेलोपातोका गुनासाहरु ओकल्न
एकैछिन
रोधीघरमा रमाउने तारतम्य मिलाउन समेत सकिन
र म पोखरा आउन पाइन ।

किनारको यात्रामा
समेत जलकुम्भिले
बाटो छेक्ला भन्ने
लागेकै थिएन
र म फेरि पोखरा आउन पाइन ।

घुमेर नथाकिने
हेरेर नआत्तिने
हिमालका काखमा
ओछ्यानवाटै माछापुच्छ्रेले जिस्क्याउँदा
मन वेचैन बनाउँदै
लौ त यसपटक यस्तै भयो
र म पोखरा आउन पाइन ।।


(सफलताको  शुभकामना नेपाल लिटरेचर फेष्टिवल २०१७ )











Comments

Popular posts from this blog

भन्सार यार्डको बास्ना !

भन्सार अधिकृतको ट्रक डायरी

एउटा फरक अनुभव : भारत कृषि भ्रमण