Posts

Showing posts from 2017

अलकापुरी - कान्तीपुरी नगरी

Image
समय त्यो बालाज्यूका २२ धारामा कल कल पानी पहाडको कन्दरावाट हेर्दा मलिला फाँटहरुमा लहलह बाली देखेरै कविले मन थाम्न सकेनन् । समय यो मनका भावहरु समेत अलमलमा परेर कविका कवित्वहरु कि त भीडमा हराए कि त धूलोमा रुमलिए । मेलम्चीको धूप छायाँ पुकार्दा पुकार्दै एक पुस्ताले नेटो काटी सक्यो । सफा सुन्दर हराभरा “नारा” आफै बुढ्यौलीमा पुग्यो । राज्य सत्ता र शासकहरु बदलिए कार्यशैली, भावना र प्रविधी परिवर्तन भए आसा र आवस्यकताहरु झाँगिए तर हाम्रा विश्वासहरु आफै उभिन नसकेर कुँजो भए । दिन गन्तीको हिसाबले वर्षहरु समाप्त भए हाम्रा शानहरु पुस्तकमा रहे त्यही पुस्तक पढेर मान खोज्दै युवाहरु कामको लागि विदेश पलायन भए । यो कथा हो अलकापुरी कान्तीपुरी नगरीको जहाँ हिमाल, पहाड र तराईका अनेकौं आसाले डेरा जमाइरहेका छन् । देउतै देउताका बासस्थान कान्तिपुरको अभिमान त्यसैमा टेकेर बनेको राज्यको स्वाभिमान बदलिएको परिवेश खोजेर फेरी सभ्यताको चिनो ब्युँतनु पर्छ हरेकको मन । स्वयम्भुका निश्चल आँखाहरुवाट पुन: देखियोस् सम्झेर भानुभक...

हाम्रा दोषहरु

सम्झनाका तरेलीमा समेत तिम्रा अपशकुनहरुले झस्क्याउँदा विरक्त मन बोकेर दिनचर्याको भारी विसाउने चौतारी खोज्दैछु । उद्देश्य विहिन तिम्रा कामहरु गोस्वारा बनेर पुस्तौंपुस्ता तिम्रा सन्ततीलाई पछ्याईरहँदा मैले गरेको भन्दै गर्वसाथ तिमी सुनौटाहरु वीच हराईरहेका हुनेछौ । एउटा मात्र सत्य हुन्छ लाखौं झूट र भ्रम छरेर धर्ती डगमगाउँदैन उत्तमताको गन्धसम्म थाहा नपाउनेहरुले संसार कै सुन्दरी भने पनि अर्धहरुको संजालमा केहि तेल मात्र थप्न सक्छ । कागजी पूर्वाधार बोलीका विकास प्रतिवेदनीय घोकाईले पूर्णता पाउने भए सायद हाम्रा भोकहरु मृगतृष्णा सरी फेरि जगमगाउँदैन थिए । समयले कहिले कसलाई माथि र कहिले कसलाई तल पारेकै हो ममताका खानीहरुमा तिम्रा दोषहरु पखालेर गन्तब्यको यो अनवरत यात्रामा समयको बोधसंगै कस्तुरीको वास्ना पहिल्याउन संगैको साथ तय गरौं । फेरि पनि अनुभुतिहरु बाधक नबनून् एउटा प्रमाणीय सत्यताको पछ्याईमा हाम्रा दोषहरु कैद भित्रै रहुन् । ………नयाँ वर्षको शुभकामना ….. ...

... र म पोखरा आउन पाइन

जीन्दगीको रथ थाल्दा यस्तो होला भनेर सोचिएकै थिएन त्यहीनिर उर्वर कालमा ठेस लाग्दा पनि लागेकै थिएन जीवनमा समय पनि अभाव होला उकालो लागेको समय जे मा लाग्यो त्यसैमा समर्पण सकेसम्म भएकै पनि हो । आफ्नो जीवनको गाँठो कसेको त्यो शहर, त्यो गाऊँ अझै पनि ताजा छ मनमा । तैपनि म पोखरा आउन पाइन । सीतल वस्तीका गैह्रा, घाँटी र माले पाटनका स्वादहरु छोरेपाटन तिरै भौंतारिँदा मन आतुर थियो र पनि म पोखरा आउन पाइन धूलो र हिल्याम्य शहरको छातीमा दिनहुँ दौडिएर उछिन्ने प्रयास गर्दा विचमा नै हराएर आँफैलाई भेट्न भए पनि रहर कुँज्याएर म पोखरा आउन पाइन । थकानहरु विसाउन मेलोपातोका गुनासाहरु ओकल्न एकैछिन रोधीघरमा रमाउने तारतम्य मिलाउन समेत सकिन र म पोखरा आउन पाइन । किनारको यात्रामा समेत जलकुम्भिले बाटो छेक्ला भन्ने लागेकै थिएन र म फेरि पोखरा आउन पाइन । घुमेर नथाकिने हेरेर नआत्तिने हिमालका काखमा ओछ्यानवाटै माछापुच्छ्रेले जिस्क्याउँदा मन वेचैन बनाउँदै लौ त यसपटक यस्तै भयो र म पोखरा आउन पाइन ।। (सफलताको  शुभकामना नेपाल लिटरेचर फेष्टिवल २०१७ )

मुखौटो र मेरो काठमाण्डौं

आधा शताब्दी  अघिको कुरा ।। एउटा सपनाको शहर  काठमाण्डौं ।  हंगकंग, सिंगापुर, बैंकक घुमेर  काठमाण्डौं छिर्दा  मान्छेहरु भन्थे, आहा । दिल्ली, कोलकत्ता र मुम्बईको  पैसा खर्च गर्न  तम्तयार थियो काठमाण्डौं । हो यही काठमाण्डु सिलिगुरी, पटना र लखनऊ  काठमाण्डौं कै सपनामा  रमाउँथे । समय फेरियो  काठमाण्डौं पनि फेरियो  तर  फेरिएन पोसाक  अनि बढ्दै गरेको जिउमा  कसरी अटाओस्  वाल्यकालको लुगा ? अनि छोपिएन लाज  देखिएन ताज  र त बटुवाहरु  लाज लागेर  मुखौटो बिना हिड्न छाडे । आज  शहर जतासुकै बिध्न छ  सूचना बिहिन जाममा छ  स्वयम्भुका आँखाले देख्न छाडेका छन्  किन कि शहर  तुवाँलोमय धूलमा परिणत छ । कसैले काठमाण्डौंको हाल सोधेमा भनिदिनु होला है मुखौटो बिना काठमाण्डौ  देख्न सकिने छैन । मेरो शहर  हामीले मुखौटो लगायौं  मान्छे नचिनिने गरी  बाटोमा कसैसंग नबोल्ने गरी  हुन त आजभोली शहरको ...