Posts

Showing posts from 2016

राजनीति र समय

अस्थिरताको श्रोत राजनीति हो या बाधक हो ? कहिलेकाँही भन्न मन लाग्छ राजनीति विहिन समाज नै यस शताब्दीको उत्कृष्ट मुलुक हो । बस्ती बसेको समाज जब राजनीतिमा क्रिडा खेल्छ तब अपराधले घुम्टो उघार्छ । अनि सम्झन मन लाग्छ फेरि राजनीति विहिन समाज । अधिकारका कुराहरुले पेट भरिएको दिन आन्दोलनका बाढीहरुले सत्ता गिराएको दिन मन ढक्क फुलेर आउँछ सम्झनामा आदर्शका थुँगाहरुले युवालाई हराएको दिन । अधिकारका नाममा मानवता हराउँदै जाँदा समर्थनका नाममा नैतिकता बिर्सँदै जाँदा राजनीतिले बाटो बिराए जाने निकास नहुँदो रहेछ अब त विश्वास गुमिसकेको छ रमिते दर्शकले समेत बुझिसकेको छ । फाटेका लुगा टालाले कति दिन थाम्छ र ? फुटेका मनहरु कुराले कति पो खाम्छ र ? जे सुकैको पनि एउटा निश्चित परिधि हुन्छ मानवीय मुल्य त्यहीँ नेर चुक्छ हाम्रो राजनीति त्यसरी नै झुक्छ समय फेरि हामीलाई झुक्याएर लुक्छ ।

शिर निहुराएर हामी हारिदिन्छौं

प्रत्येक दिन बिहान झिसमिसे मै चियाको चुस्कीसंगै समाचार खोज्छु आखिर समस्या के हो ? अनि समाधान पाइन्छ समस्या सरकार हो । हाम्रा मन यति कोमल छन् जसले जे भन्यो त्यतै लाग्ने अनि यसको पनि समाधान होला को भनेर अखवार पल्टाउँछु अनि पाउँछु समस्या राजनीति हो । हाम्रा मनहरु जोडिएका छन् तर कतै कतै चुँडिएका पनि छन् मन कस्ले चुँडायो म पुस्तक भरी घोत्लिएर समस्या कतै छ कि खोज्छु समस्या समाज र चेतनामा पाउँछु । यति धेरै कोमलता यति धेरै स्वच्छता यति राम्रो एकता भंग हुँदा समस्या कहाँ निर भयो हाम्रा आराध्यदेवको आराधनामा शंका गर्छु । समस्या मन भित्रका मनहरुमा पाउँछु । हामी यति धेरै बहिरा भएका छौं कि कुनै संक्रमणले हाम्रो आवाज बाहिर ल्याउँदैन कुनै अतिक्रमणले हाम्रो मन छुँदैन बाक्लो छाला भएको गैँडा जस्तै कुनै आपत्तिले तातो चिसो बनाउँदैन कुनै विपत्तिले हतार पनि बनाउँदैन । हामी जे छौं छँदैछौं इतिहाँसको घुम्टो ओडेर वर्तमान संकटलाई टारिदिन्छौं । कहिल्यै नझुकेका हामी हाम्रो राजनीति सामु शिर निहुराएर हामी हारिदिन्छौं । -हरिहर २०७३ बैशाख २१ बीरगंज

मेट्रो चढेर फेरी गोकर्णमा

Image
धुलाम्य शहरको धूलो छल्न चिल्ला र टुप्पी भएका सवारीहरु लाम लगाएर कालीकोट र हुम्लाका बैँसका कुराहरु गर्न त्रिशुली र गण्डकीका तुइनहरुको छलफल गर्न शहरको व्यस्त दैनिकी हेरेर निदाइ रहेको यो गोकर्णको थुम्कोमा असरल्ल एकाकार हुने प्रयास गर्दैछौं । इतिहासको उत्तरवाट दक्षिण छिर्ने ढोका शहरको काँठमा झिलीमिली साँझमा झुमिरहन्छ । कहिले विदेशी रक्सीको मात त कहिले पाहुना नपाएको झोँक यो जंगललाई पनि लाग्दो हो । छेवैमा ठिंग उभिएको रुख विकासका कुराहरु सुन्दासुन्दै कुप्री परिसकेको छ । र हामी सुधारको अभियान लिएर परम्परा पछ्याउँदै त्यही रुख मुनी कसैले सुने पनि नसुने पनि बोलिरहेछौं । यो पनि सीमा हो आकास र धर्तीको जुन थुम्कोमा तल शहर र माथी आकास छ । र हामी सीमाका गन्थनहरु बिसाउन यही थुम्कोमा भर परेका छौं । शान्ति खोज्ने बाहानामा साली नदि नजिकै बुलबुल गर्दा बौद्धका स्तुपहरुमा घन्ट घुनघुनाउँछन् । र हाम्रो गुनगुनाहट साली नदि जस्तै शालिन बनोस् । यो थुम्को जस्तै अटल बनोस् । चुहावट नियन्त्रणका प्रयासहरु यी रुख जस्तै हरिया बनुन् सधैंभरी । र गन्थ...

नाकाबन्दी, हामी र हाम्रो समाज

नाकाबन्दी आधुनिक नेपाल शुरु भएपछि पनि नेपालको राजनीति र शासन उत्तदायित्व विहिन भएकै हो । इतिहाँस खोतलेर आजको दुख टर्दैन । त्यसैले खुला समाज र प्रजातान्त्रिक अभ्यास शुरुभए ( वि. सं. २०४६) पछिका  कर्तव्यहरु पालना भए नभएको मुल्यांकन गर्ने समय आएको छ ।  यो किन पनि भनिएको छ भने नाकाबन्दीले नै पहिलो जनआन्दोलनलाई उचाई दिएको थियो । यो पनि विर्सन हुँदैन कि २००७ सालमा सम्झौता दिल्लीमा भएको र नेपालमा प्रजातन्त्रीक जग बसाल्न शुरु भएको हो साथै भारतीय नेताहरुको भाषणवाट नेपालको पहिलो जनआन्दोलनलाई थप बल पुगेको थियो । यो खुला अवधिमा कानून र गैर कानूनका सबै बैधानिक अबैधानिक प्रक्रियाहरु नेपालमा अबलम्बन गरिए । लामो समय नेपाली कांग्रेस सत्तामा रह्यो र दोश्रो एमाले दुबै नै भारतका सल्लाह अनुसार नै चलेकामा प्रश्न छैन । तर जनता केन्द्रीत राजनीति नभएर शासकीय बिरासत केन्द्रीत राजनीति यो अवधिको प्रमुख बाधक भएकै कारण जनताका आवस्यकता भन्दा शक्ति केन्द्र रिजाउने परिपाटीले विकास र चेतनाको स्तर बढाउन सकेन । दण्हीनता र सामाजिक वितृष्णालाई जब अपरिस्कृत राजनीतिको शिकार बनाइन्छ तब समाज विग्रह हुनथाल्छ अनि व...

स्वाभिमानी । अभिमानी ।।

हामी बग्रेल्ती आवश्यकता बोकेर शहरका गल्लीमा झीँझा खोजिरहेछौं । हामी मनहरु च्यापेर बाँच्नुको लाइनमा केही पाउने आसामा खुशी साट्न बसिरहेछौं । प्रकृतिले नसकेको हाम्रो भरोसा छिमेकीले कसो गरी सक्ला ? शताब्दीका प्रविधीहरु हामीलाई गिज्याउँदाहुन् हामीलाई अरुको मतलब छैन सम्बन्धको गाँठो कसेर भोको पेट र नांगो आँङमा मुस्कान छर्दै आसाहरु कुरिरहेछौं । गजवको हाँसो हाँसेर हामी बिहान र साँझको छाक विर्सिरहेछौं । मनहरु रमाउन जानेका विश्वासहरु जगाउन सिकेका हामी अर्थात् भाग्यले ठगिएका प्रकृतिले पाखा पारेका छिमेकीले आँखा गाडेका आफ्नैले माया मारेका एक मुठी सासमा रमाउन जानेका पहाडको कन्दरामा आवाजहरु लुटाउँदै ओडार खोज्ने स्वाभिमानी नेपाली । अभिमानी गोर्खाली ।।