राजनीति र समय
अस्थिरताको श्रोत
राजनीति हो या बाधक हो ?
कहिलेकाँही भन्न मन लाग्छ
राजनीति विहिन समाज
नै यस शताब्दीको
उत्कृष्ट मुलुक हो ।
बस्ती बसेको समाज
जब राजनीतिमा
क्रिडा खेल्छ
तब अपराधले घुम्टो उघार्छ ।
अनि सम्झन मन लाग्छ
फेरि राजनीति विहिन समाज ।
अधिकारका कुराहरुले
पेट भरिएको दिन
आन्दोलनका बाढीहरुले
सत्ता गिराएको दिन
मन ढक्क फुलेर आउँछ
सम्झनामा आदर्शका
थुँगाहरुले
युवालाई हराएको दिन ।
अधिकारका नाममा
मानवता हराउँदै जाँदा
समर्थनका नाममा
नैतिकता बिर्सँदै जाँदा
राजनीतिले बाटो बिराए
जाने निकास नहुँदो रहेछ
अब त विश्वास गुमिसकेको छ
रमिते दर्शकले समेत बुझिसकेको छ ।
फाटेका लुगा
टालाले कति दिन थाम्छ र ?
फुटेका मनहरु
कुराले कति पो खाम्छ र ?
जे सुकैको पनि
एउटा निश्चित परिधि हुन्छ
मानवीय मुल्य
त्यहीँ नेर चुक्छ
हाम्रो राजनीति त्यसरी नै झुक्छ
समय फेरि हामीलाई झुक्याएर लुक्छ ।
राजनीति हो या बाधक हो ?
कहिलेकाँही भन्न मन लाग्छ
राजनीति विहिन समाज
नै यस शताब्दीको
उत्कृष्ट मुलुक हो ।
बस्ती बसेको समाज
जब राजनीतिमा
क्रिडा खेल्छ
तब अपराधले घुम्टो उघार्छ ।
अनि सम्झन मन लाग्छ
फेरि राजनीति विहिन समाज ।
अधिकारका कुराहरुले
पेट भरिएको दिन
आन्दोलनका बाढीहरुले
सत्ता गिराएको दिन
मन ढक्क फुलेर आउँछ
सम्झनामा आदर्शका
थुँगाहरुले
युवालाई हराएको दिन ।
अधिकारका नाममा
मानवता हराउँदै जाँदा
समर्थनका नाममा
नैतिकता बिर्सँदै जाँदा
राजनीतिले बाटो बिराए
जाने निकास नहुँदो रहेछ
अब त विश्वास गुमिसकेको छ
रमिते दर्शकले समेत बुझिसकेको छ ।
फाटेका लुगा
टालाले कति दिन थाम्छ र ?
फुटेका मनहरु
कुराले कति पो खाम्छ र ?
जे सुकैको पनि
एउटा निश्चित परिधि हुन्छ
मानवीय मुल्य
त्यहीँ नेर चुक्छ
हाम्रो राजनीति त्यसरी नै झुक्छ
समय फेरि हामीलाई झुक्याएर लुक्छ ।
Comments
Post a Comment