.........यात्रा पुराना घरहरुको ........


सम्बन्ध पुरानो
बाचा नयाँ
स्थान पुरानो
अनुहार नयाँ
काम पुरानै
तर ....
प्रतिबद्धताहरु नयाँ !!
भैरहवा
तातो रापमा
भतभती पोल्दछ,
कृष्ननगर
अर्थपूर्ण रौनकमा नै गल्दछ,
अग्ला पहाडलाई
पाल्नु पर्ने बाध्यता
भैरहवा आफै भित्र लुकाउँछ
भावनाको खोल भित्र
कृष्णनगर
फेरी सुक्दछ !!

सम्बन्ध पुरानो
भाव नयाँ
नाता पुरानो
आयाम नयाँ
धरती पुरानो
धूलो नयाँ
स्वर पुरानो
आवाज नयाँ
प्रभावशालिता  भित्र
भैरहवा खोज्छु
ग्रहणशिलता भित्र
लुम्बिनी हेर्छु
नजिकै
मित्र सेन् का
मणिहरु 
दृष्य वन्धनको लागि आतुर हुन्छन्
वाण गंगाहरु
सुसाउँदै गर्दा
भैरहवा, कृष्णनगर
समृद्ध राज्यको
टेवा बन्न
आबद्ध हुन्छन्
यात्रा नयाँ
सम्बन्ध पुरानो !!

-हरिहर
२०६९।६।११
भैरहवा

Comments

Popular posts from this blog

भन्सार यार्डको बास्ना !

भन्सार अधिकृतको ट्रक डायरी

एउटा फरक अनुभव : भारत कृषि भ्रमण