.....सीमाका गन्थनहरु वल्थलीमा ....
परिश्रमी
हातहरु
कान्ला
खुर्किदै गर्दा
प्रयास हो
जीन्दगीको
सुधार एउटा
आयामको ।
पाल्नु पर्ने
सीमाले
मध्य भागहरु
टाल्नु पर्ने
फाटेका मनहरु
यीनै सारहरुले
.।
क्षीतिज
सम्मका सीमाहरु
जोडेको छ
वल्थलीले
प्रकृतिका
हजार कुसुमहरु
अल्झाउँछ
वल्थलीले ।
एउटा भीर माथि
टुक्रुक्क बसेर
खोपासी, पनौती
र धुलिखेलका
आयामहरु
बिर्साउँछ वल्थलीले ।
राज्य बनाउने
स-संकल्पीत रणनीति
वल्थलीका
क्षीतिजमा
ज्वार-भाटा
उठाउँछन्,
विषय भित्र
वस्तुगतता
पहिल्याउँदै
आदर्श ऊँचा
राख्न
मन फेरि
नतमस्तक बन्छ ।
|
समृद्धीका
प्रतिबद्धताहरु
निरन्तर
सुधारोन्मुख
हुँदै पुन:
वल्थलीमा
जुर्मुराउँछन् ।
खोलाको सुसाहट
संगै
आचरण
शुद्धताको
खोजी
स्वप्निल
भू-दृष्य
कैद गर्दै
सीमाका
बन्धनहरु
नयाँ बाचा
गर्दछ
र
त्यो सानो
झ्यालवाट
सीमाका आगामी
संसारहरु
चिहाइ्हेको हुनेछ ..
यो हो यात्रा
वल्थलिको !!
-हरिहर
वल्थली,
काभ्रे
२०६९।५।७
|
Comments
Post a Comment