**हनुमान **
हनुमानले छाती च्यातेर
भगवान राम सीता
देखाए !
राम भक्तिको उत्कठ समर्पण
हनुमान महान देव भए ।
कलि युगको हनुमान प्रति
मेरो सघन विरोध छ ।
कलि युग
मिश्रित दोधारमा
हनुमानको गाथा गाउँछ
हनुमान भन्दा
चाकडी र चाप्लुसीको
आधार पाउँछ ।
अन्धता र विचारशुन्य
समर्थनको हनुमानवाद
कहलाउँछ ।
ओठे आदर्श
कोठे सिद्धान्तको
नियतमा नै
आरती गर्दै गुनगान
गाउने हनुमान बन्छ ।
कलि युगमा
धन, शक्ति र आडम्बरको
उचाईमा
केही झर्ने आसामा
हनुमानहरु रमाउँछन्
आदर्श, ज्ञान र भक्तिको
यो गाथामा
हनुमान चालिसा हराउँछ ।
को ठूलो भन्ने आधार
कलियुगका हनुमानको
संख्याले निर्धारण गर्छ
को महान भन्ने तथ्य
विवेकहिनताको वहाबका
कुतर्कलाई
हनुमानका समर्थनले
भाव दिन्छ ।
निस्वार्थ
आदर्श बनेका
राम भक्त हनुमानको
प्रयोग प्रति मेरो
घोर आपत्ति छ
तेत्रा युगका
कणकणमा राम झुल्ने
हनुमान प्रति मेरो सलाम ।
प्रकाशित :
Comments
Post a Comment