गाउँ जस्तो हुन्न शहर ......
गाउँमा लुटेर खाए जस्तो
हुन्न शहर
२५ रूपैंयाले दिन टारेर
डकारे जस्तो
कसैको पिंडीमा भारि बिसाए सरह
पाहुँना लागेर हसुरे जस्तो
हुन्न शहर ।
शहरमा
एउटा उज्यालो भूर्इ र छत
धुलो ढाक्ने मुखौटो बाहिर
कारको शिसा समेतको
चाहाना हुन्छ ।
सारा गाउँहरू शहर
भनि मरिहत्ते गर्छन
कति
शहरका रछ्रयानमा
डोव नै नरहने गरी
पलायन हुन्छन
भने कति शहरलार्इ नै
निलौला झै गरी
अट्टहाँस हाँसो हाँस्ने
मस्तीमा डुब्छन ।
साग किन्न जाँदा
भोटे ताल्चा लगाउने शहर
रातभरी जाग्राम वस्छ
मेलापात जाँदा समेत छेस्किनीमा
अड्याएको गाउँ
समसाँझै मस्त निद्रामा सुत्छ ।
शहर आफैमा
उधारो हो र त
गाउँमा जस्तै अैंचोपैंचो पत्याउन्न
शहरले पत्याउन
फोर्व्स म्यागजीनको सूचिमा नाम
चढ्नुपर्छ
नभए जग्गा प्लटिंग विक्रीको विल्डर्स हुनु पर्छ
त्यो पनि नभए मेडिकल
कलेजको संचालक हुनु पर्छ
अनि शहरले बल्ल २ माना
पैंचो पत्याउँछ
धेरै गाउलाई तुरेको छ शहरले
धेरै आसालाई भुलेको छ शहरले
नन्द अधिकारीको शरिर देखि
डा.के.सी.को भावनासम्म
शहरमा विलिन भएकाछन् ।
गाउँको हतियार भाटा हो भने
शहरको ए के 47
त्यसैले त शहरले
भाटाको खेतीवाट लडाईं जित्छ
अनि गाउँ हार्दैन ।
शहर आफ्नो हुन्न
कति शहरलाई आफ्नै
बनाउन नसकेर
रेगिस्तानी बलिदानी यात्राका लागि
विमानस्थलमा पर्खेको
बोइंग ७७७ को सिँढी उक्लन पुगेका छन् ।
Comments
Post a Comment