...समस्या एकातिर सम्बोधन अर्कै ...

समस्या

दैनिक जसो सडक दुर्घटना, कतिको मृत्यु कति घाइते । अनुशासन विहिन चालक, प्रयोगकर्ता र नियन्त्रणकर्ताहरु । धुलाम्य र हिलाम्य सडक कुनै फोहोरको डंगुर जस्तो । खाल्डा खुल्डी र सामाग्री थुपार्ने भण्डारको रुपमा सडक । कमजोर निर्माण र मरम्मत सुधार अनियमित । सबैको रिस सडक माथि, घरका झगडाले समेत सडक अबरुद्ध हुन सक्ने अवस्था । सवारीको अवस्था नाजुक, पुराना र नियमित राम्रो अवस्था नरहेका ।  नाफा पाए मृत्युसंग डर नमान्ने संचालकहरु ।  नियम मिच्ने नै उत्तम  चालकहरु मानिने संस्कृति । नियमसंग पैसा /जरिवाना साट्ने राज्यका नीति तथा कानुनहरु । सडक मिचेर बनाइएका घर टहरा र अन्य निर्माणहरु । निजीकरणको उत्तम नमुना चक्र प्रणाली (Syndicate) । अनियमित आवत जावत, थोरै सवारीहरु, यात्रु संख्यामा बढोत्तरी । जथाभावी सडक निर्माण, गुणस्तरहिन संरचना । सबैको घर सडककै छेउमा हुनुपर्ने मान्यता । जथाभावी पार्किंग र यात्रु चढ्ने ओराल्ने ।

भाषण गर्ने तर काम नगर्ने नीतिकर्मीहरु । दुर्घटना सडक विभाग, प्रहरी, यातायात व्यवस्था विभाग वा स्थानीय निकाय कस्को जिम्वेवारी ? सबैको कामको ठेक्का प्रहरीलाई । अन्य निकायले नसुने पनि हुने ।

अवस्था

( टाउको दुखेको दबाई नाइटोमा लगाई )

  • सघन अनुगमन, चालकलाई जरिवाना गर्ने र सास्ती दिने , प्रहरी बाहेकका निकायहरुले केहि गर्नु नपर्ने
  • खाल्डाखुल्डीका कारण प्रत्येक सवारीको अवस्था बिग्रदो र यात्रुलाई सकस र समय 
  • सडक दुर्घटनामा मृत्यु हुने भन्दा बढीको मृत्यु धुलो र फोहोरबाट हुने गरेको
  • सडक भए पुग्ने, स्तरीय निर्माण र मरम्मत सुधार गर्नु पर्ने नपर्ने ?
  • सडकको अतिक्रमण रोक्नु नपर्ने र निर्माण सामाग्रीहरु राख्न ठाउं बनाई रहनु पर्ने 
  • सवारीको व्यवस्था यथेस्ट, उचित र राम्रो अवस्था हुनु पर्ने नपर्ने ?
  • नियम कानुन सानालाई कि सबैलाई बराबर ?
  • के जरिवानावाट पुन जीवन प्राप्त हुन्छ ?
  • के पुन इजाजत पत्रवाट दुर्घटना कम हुन सक्छ ? कुन प्रतिवेदनको आधार हो यो निर्णय ?
  • प्रतिस्पर्दाको नाममा चक्रिय प्रणाली नीतिकर्मीको समर्थन बिना संभव छ ?
  • जतासुकै प्लास्टिक जन्य फोहोर हुनु सडक पुगेको अर्को उपहार बन्दा जिम्वेवार को ?
  •  चालक अनुमति, सवारी इजाजत, सडकको अवस्था र नियन्त्रण निकाय कस्ले गर्ने ?


"विचरा सडक, चालक र यात्रु "

घाइते तिमी, मृत्यु तिम्रो

दोषी तिमी

अरु सबै 

ओभाना यो मुलुकका 

शासकहरु !!




Comments

Popular posts from this blog

भन्सार यार्डको बास्ना !

भन्सार अधिकृतको ट्रक डायरी

एउटा फरक अनुभव : भारत कृषि भ्रमण