बाग्मती सफाई र विज्ञापन
समस्या
... प्रतिदिन बाग्मतीमा फोहोरको थुप्रो । राजधानीमा समयमा फोहोर उठाउन नआउने नगरपालिका । सरकारले फोहोर फाल्न दीर्घकालीन स्थान तोक्न सकेन । फोहोरको कारण दुर्गन्ध र रोगहरुको महामारी बढ्ने खतरा । पवित्र नदिको स्नानले मात्रै रोग निको हुने धार्मिक विस्वास । लासहरु पोलेको देखि पुजा गरेका सामाग्रिहरुको उचित व्यवस्थापन हुन सकेन । नदि किनारका बासिन्दाहरु दैनिक फोहोर गन्धवाट आजित हुँदा पनि पुन फोहोर त्यहि ठाउंमा फाल्न नछोडेका ।
विज्ञापन
... फोहोर देखाएर सफाई अभियान चलाउने संघ संस्थाहरु स्थापना र दातृ संस्थाहरुको समेत सहयोग । अन्य शहरी क्लब र संगठनहरुको सफाई अभियान । निजामती, स्कुल, प्रहरी, सेना सबैको उत्सवमा सफाईका नाराहरु र उत्सवे सफाई कार्यक्रम । पत्रिका तथा मिडियाहरुमा तीनका व्यवस्थापकहरुको विज्ञापन र प्रचार । .....प्रत्येक शनिवार विहान कार्यक्रम र शुक्रवार सांझ फोहोर गर्ने बानी ........
श्रोत र शक्ति
... बाग्मती सफाईका लागि हाल गरिएका प्रयासहरु प्रसंशनीय भए पनि दिर्घकालीन सोचका साथ आउन सकेनन् । सफाई अभियानमा लगाएको श्रोत र शक्तिलाई जनचेतना र अपनत्वको विकास गर्ने हो भने पनि यो भन्दा राम्रो उपलब्धी नहोला भन्न सकिन्न । सफा व्यक्तिहरुको घण्टे कार्यक्रममा लाग्ने समय, शहरको ट्राफिक, शक्तिको उपयोग र मिडियाको प्रचार मिसाउंदा ठूलै आयोजना सम्पन्न हुन सक्दछ ।
अत:
... शक्तिको प्रयोग सुहाउंदो गर्न र उपलब्धीमुलक कार्य गर्न नदि किनारका वासिन्दालाई फोहोर नगर्न र सही ठाउंमा फोहोरको व्यवस्थापन गर्न लगाउने । जनचेतनाका कार्यक्रमवाट सामुदायीक पहलहरु गरी सेलहरुवाट अनुगमन गराउने । नदि किनारमा पार्कहरुको निर्माण गर्न पनि त्यहि श्रोतले पुग्छ । साथै वासिन्दाको सहभागिता र अपनत्व बिना नदी किनारहरु सफा गर्ने अभियानहरु वालुवामा पानी सरह प्रचारबाजी र व्यक्तिका गफका थलाहरु निर्माण बाहेक उपल्ला हुनेछैनन् ।
धन्यबाद
सहि कुरा , वासिन्दाको सहभागिता र अपनत्व बिना नदी किनारहरु सफा गर्ने अभियानहरु वालुवामा पानी सरह प्रचारबाजी र व्यक्तिका गफका थलाहरु निर्माण बाहेक उपल्ला हुनेछैनन् ।
ReplyDelete