!!स्वप्नील साकुरा!!
उत्तर सेतै फुल्दा
मध्य हरियाली हुंदा
तल पंहेलपुर सुन लहरिन्थे,
फुलेका कपाल झर्न थाले
डांफे र कोइलीहरु
बसाई सर्न थाले,
हरियालीको रखवाली
रेगिस्तानको श्रम शिविरमा
खुट्टा बजार्दै होला ।
सुनको मुल्य आकासियो
पत्थरमय सुनखानी ।
पर्यटनको पर्व
यसैबेला
सोच र सामर्थ्य छैन
बन्यो साधना कुरामय
।
अगाडि सा थप्दा साकुरा !!
स्वप्नील दृष्य
मनवाट हराउंदैन
एउटा कथा साकुराको,
कुरामयवाट साकुरामय ।
कद छोटो
हलक्क बढ्न नसकेको
भएर के भो सुन्दरता
गुराँससंग गर्दा हुने ।
लाली छरेको
सुन्दर शान्त जापानको सम्पदा ।
यो हो स्वप्नील साकुरा ।
फेदै नेर
साके (रक्सी) सँगै रमाउँदा
यो वैँस फेरि उन्मुक्त हुन खोज्छ,
वनपाखाका दौंतरी
लालीगुराँसको फेदैमा
दोहोरी संगीत गुन्जिन्छ ।
कुरामय मुलुक
पर्यटनको पर्व मनाईरहँदा
साकुराको फेदमा साकेको चुस्की
धन्य...
तिमी स्वप्नील साकुरा !!
-हरिहर
साकुरावाट लालीगुराँस फर्केपछि
Comments
Post a Comment