!! सपनीका काकाकुलहरु !!



घोडा देखेर
धुरी चढ्नेहरु
परिश्रम बिना
भाउ खोज्नेहरु
समाजमा नामको
लागि रमाउनेहरु
अनि श्रम माथि
घुंडा चढ्नेहरु
हातमा शक्तिको माथ
लिएर भत्काउन उध्दत हुन्छन् ।

कोठामा गुटमुटिएर
गन्धहिन जीवन जीउने
अनि
सुवासित् कल्पनामा रमाएर
भ्यागुते खेल खेल्न माहिर
कुनियतका मनसाहरु उठाएर
खेल खेल्छन् ।

अरुको दुखमा रमाएर
मनका पिरहरुमा दुखाएर
विपनाका आषाहरु
सपनामा हराउंछन् ।

आफ्नोपनको खिल्लहास गर्दै
सपनीका काकाकुलहरु
प्रत्यक्ष उड्न नसक्ने
पखेटा बिहिन कौवाको स्वरुपमा
भित्र भित्रै छुचुन्द्रिन्छन् ।

पथ हराएर
कर्तव्य पालना
वाहना मात्र हुन सक्छ
अत:
सावधान
सपनीका काकाकुलहरुसंग !!
-हरिहर
२०७०।४।२२


 

Comments

Popular posts from this blog

भन्सार यार्डको बास्ना !

भन्सार अधिकृतको ट्रक डायरी

एउटा फरक अनुभव : भारत कृषि भ्रमण