Posts

भन्सार यार्डको बास्ना !

Image
भन्सारको एउटा साझा चरित्र भनेको वास्ना वा गन्ध पनि हो । धेरै भन्सारका साहित्यमा पढ्न पाइन्छ, केहि अनौठो गन्ध वा वास्ना आएमा भन्सार नजिकै छ भन्ने । विभिन्न किसिमका वास्नादार सामानहरु बोकेर आउने ट्रकहरुको वास्ना अनि परिश्रमी ट्रक चालकहरुका पसिनाका गन्धहरु नआउने भन्सार यार्ड नै हुँदैन भन्न सकिन्छ । साथै भन्सार यार्डमा ट्रक मुन्तिर बसेर खाना पकाउँदै गर्दाको वास्नाले र्याल चुहिने बनाउँछ जो कोहीलाई । सबैलाई आफ्नै हातमा स्टेरिंग होओस भन्ने लाग्नु स्वभाविक पनि छ । कोही देशको कोही कार्यालयको । अझ प्रतिष्पर्धाको दुनियामा आफ्नै निर्णय सर्वोपरी बनाउन को पो चाँहदैन र ? असली स्टेरिंग त ट्रक चालकहरुको हातमा छ । जसले सामान नल्याई दिने हो भने आजको दुनिया कल्पना गर्न सक्ने नै हुँदैन । हामीले उपभोग गर्ने सरसामानहरु कसरी टोलको पसलसम्म आइपुगे त ? ती पसलमा सजिने सामान कसले ढुवानी गरेर त्यहाँ सम्म ल्यायो उपभोग गर्दा ख्याल गरिन्छ र ?  चालक ट्रकको, ट्रक साहुको, बोकिएको माल अर्कै देशको साहुको । अजब पेशा गजब जीन्दगी । कुनै मुसाफिर यात्री भन्दा फरक कहाँ छ र यो दिन चर्या । कास्मीर देखि कन्याकुमारी सम्मको यात्र...

बौवा मिस्त्रीसँग भन्सार अधिकृतको भेट!

Image
  ऊ ‘बौवा मिस्त्री’ राजुले भने। हामी एकतर्फी हाँस्यौँ। खासमा पसलमाथि झुण्ड्याइएको साइनबोर्ड थियो त्यो। लेखिएको थियो- ‘बौवा मिस्त्री’। कलंकी चोकबाट पश्चिम ढुंगा अड्डा नपुग्दै उत्तरतर्फ थियो बौवा मिस्त्रीको वर्कशप। भन्सारमा मोटर पार्ट्सको मूल्यांकनमा केको आधार लिने दैनिक अन्यौल हुन्थ्यो। मूल्य नबढाई लैजान नमान्ने घोषणाकर्ताहरू। झन् बढी शंका। अनि हामी सम्झन्थ्यौं ‘बौवा मिस्त्री’ लाई। भेट्ने अवसर मिलेन धेरै लामो समयसम्म पनि। त्यो बाटो हिँड्दै गर्दा प्रत्येक पटक झुण्ड्याइएको साइनबोर्डमा आँखा पुग्थे। तर अचानक एकदिन बोर्ड थिएन। अनि सुरु भयो कौतूहल। के कस्तो होलान् बौवा मिस्त्री? कहाँ गए होलान्? म ती बौवा मिस्त्रीको बोर्ड कहाँ गयो खोज्न हिँडेँ। त्यहाँ अर्कै पसल थियो। भेट भयो घरबेटी वीरगंजका कबिरजंग राणासँग। बडो मिजासिला मान्छे कबिरजीले भेट्टाइदिने वाचा गर्नुभयो, बौवा चाचालाई। उहाँहरू चाचा भन्नुहुँदो रहेछ। करिब १५ वर्षसम्म उहाँको घरमा मोटरपार्ट्सको दुकान र वर्कशप चलेको रहेछ बौवा मिस्त्रीको। कबिरजीले वाचा गरेको करिव डेढ वर्षपछि बल्ल साक्षात्कार हुन पाएँ बौवा मिस्त्रीसँग। भौतिक रुपमा भेट...

भन्सार अधिकृतको ट्रक डायरी

Image
  भन्सार अधिकृतको ट्रक डायरी हरिहर पौडेल माघ ३० उज्यालो भयो होला भन्ने ठानेको, हेटौंडा नपुग्दै रातमाटे भन्ने ठाउँको हल्लाले ब्युँझाएको रहेछ। प्रहरी जाँच रहेछ हेटौंडा पुग्नेबेलाको सडकमा। त्यस्तो राती पनि प्रहरी जाँच! हाम्रो मुलुक पनि संसाँझै सुत्दो रहेनछ। मुलुकका रखवारीहरू रातभर ड्युटीमा हुँदा रहेछन्। हुन त भन्सार पनि सुत्न मिल्दैन, राती ब्युँझेर कति पटक एम्बुलेन्स, तीर्थ यात्री र कार्नेटहरूलाई पठाएका छौं। भन्सार अधिकृत भएर काम गर्दा नै मैले मालवाहक ट्रक र त्यसका चालकहरूलाई माया गर्न सिकेको हुँ। माल बोकेर आउने ट्रक र चालक आएनन् भने हामी कहाँ न व्यापार हुन्छ, न खानै पाइन्छ।  पटकपटक मालवस्तु भन्सारमा जाँच गर्दा भारतीय ट्रक चालकहरूसँग धेरै पटक कुरा गरेको छु। उनीहरूको जीवन र दिनचर्या देखेर पटकपटक लोभ नलागेको पनि होइन। थोरै तेल, मसला, हरियो सब्जी, केही चामल र पीठो दैनिक किनेर सडक किनार वा भन्सार यार्डमै पकाएर मीठो मानी खाएको देखेको छु। त्यसरी नै उनीहरूसँग खाने मनको धोको आजसम्म अपूरै छ। नेपाली ट्रक चालक र भारतीय ट्रक चालकमा फरक छ। भारतीयहरू त्यसरी आफैं पकाएर खान्छन् भने नेप...

एउटा फरक अनुभव : भारत कृषि भ्रमण

Image
“दुब्लो शरिर, चिन्ता मिश्रण अनुहार, झुस्स दारी, फाटेको टोपी, मैलो कमिज, छोटो कछाड लगाएको र कुटो कोदालो, हलो बोकेको कोही मान्छे फोटोमा देखियो भने ऊ कृषक । त्यस्तो मान्छे बन्न के हाम्रा नयाँ पिँडी आकर्षित होलान् ? अनि कसरी होस् त नयाँ व्यवसायीको आगमन कृषि पेशामा ? मन भित्र बसेका अनुभुति परिवर्तन नगरी कृषिमा रुपान्तरण संभव होला र ? अब डम्म शरिर, हँसिलो अनुहार, टक्क एप्रोन सहित ह्याट लगाएको, कमसे कम आधुनिक कृषि उपकरण सहितको कृषि व्यवसायीको फोटो त बनाउन पर्यो नि पहिला ।“ भनेर मैले भन्दा प्रमुख कृषि प्रसार अधिकृत प्रकाश लगायत सबै हाँसे । कृषक नभनौं कृषि व्यवसायी भनौं भनेर पटक पटक आग्रह पनि गरें । १२ कृषि व्यवसायी सहित २५ जनाको समूह यो प्रदेश नं १ को पहिलो प्रयास भारत भ्रमणको जसलाई लाइभस्टक अधिकृत कुमार खत्रीले संयोजन गरेका थिए भने उनको काम प्रतिको लगनशिलता, प्रतिबद्धता र समर्पण साह्रै उदाहरणीय पनि छ । आर्थिक वर्ष २०७५।०७६ को अन्तिम दिन प्रदेश राजधानी विराटनगरमा करिव ३ बजे सम्म अड्डा कै काममा व्यस्त रही ३।३० बजे हतार हतार मेची तिर प्रस्थान गरियो । झापाको बाहुनडाँगीमा व...

**हनुमान **

Image
त्रेता युगमा हनुमानले छाती च्यातेर भगवान राम सीता देखाए ! राम भक्तिको उत्कठ समर्पण हनुमान महान देव भए । कलि युगको हनुमान प्रति मेरो सघन विरोध छ । कलि युग मिश्रित दोधारमा हनुमानको गाथा गाउँछ हनुमान भन्दा चाकडी र चाप्लुसीको आधार पाउँछ । अन्धता र विचारशुन्य समर्थनको हनुमानवाद कहलाउँछ । ओठे आदर्श कोठे सिद्धान्तको नियतमा नै आरती गर्दै गुनगान गाउने हनुमान बन्छ । कलि युगमा धन, शक्ति र आडम्बरको उचाईमा केही झर्ने आसामा हनुमानहरु रमाउँछन् आदर्श, ज्ञान र भक्तिको यो गाथामा हनुमान चालिसा हराउँछ । को ठूलो भन्ने आधार कलियुगका हनुमानको संख्याले निर्धारण गर्छ को महान भन्ने तथ्य विवेकहिनताको वहाबका कुतर्कलाई हनुमानका समर्थनले भाव दिन्छ । निस्वार्थ आदर्श बनेका राम भक्त हनुमानको प्रयोग प्रति मेरो घोर आपत्ति छ तेत्रा युगका कणकणमा राम झुल्ने हनुमान प्रति मेरो सलाम । प्रकाशित :   http://lokaantar.com/story/92164/2019/11/16/harihar-poudel-?fbclid=IwAR1JOQHSSI3q-aaL6Z1QOWFa_3_aqdZjrzW9tkLyjhd4we-5...