Posts

Showing posts from January, 2017

... र म पोखरा आउन पाइन

जीन्दगीको रथ थाल्दा यस्तो होला भनेर सोचिएकै थिएन त्यहीनिर उर्वर कालमा ठेस लाग्दा पनि लागेकै थिएन जीवनमा समय पनि अभाव होला उकालो लागेको समय जे मा लाग्यो त्यसैमा समर्पण सकेसम्म भएकै पनि हो । आफ्नो जीवनको गाँठो कसेको त्यो शहर, त्यो गाऊँ अझै पनि ताजा छ मनमा । तैपनि म पोखरा आउन पाइन । सीतल वस्तीका गैह्रा, घाँटी र माले पाटनका स्वादहरु छोरेपाटन तिरै भौंतारिँदा मन आतुर थियो र पनि म पोखरा आउन पाइन धूलो र हिल्याम्य शहरको छातीमा दिनहुँ दौडिएर उछिन्ने प्रयास गर्दा विचमा नै हराएर आँफैलाई भेट्न भए पनि रहर कुँज्याएर म पोखरा आउन पाइन । थकानहरु विसाउन मेलोपातोका गुनासाहरु ओकल्न एकैछिन रोधीघरमा रमाउने तारतम्य मिलाउन समेत सकिन र म पोखरा आउन पाइन । किनारको यात्रामा समेत जलकुम्भिले बाटो छेक्ला भन्ने लागेकै थिएन र म फेरि पोखरा आउन पाइन । घुमेर नथाकिने हेरेर नआत्तिने हिमालका काखमा ओछ्यानवाटै माछापुच्छ्रेले जिस्क्याउँदा मन वेचैन बनाउँदै लौ त यसपटक यस्तै भयो र म पोखरा आउन पाइन ।। (सफलताको  शुभकामना नेपाल लिटरेचर फेष्टिवल २०१७ )

मुखौटो र मेरो काठमाण्डौं

आधा शताब्दी  अघिको कुरा ।। एउटा सपनाको शहर  काठमाण्डौं ।  हंगकंग, सिंगापुर, बैंकक घुमेर  काठमाण्डौं छिर्दा  मान्छेहरु भन्थे, आहा । दिल्ली, कोलकत्ता र मुम्बईको  पैसा खर्च गर्न  तम्तयार थियो काठमाण्डौं । हो यही काठमाण्डु सिलिगुरी, पटना र लखनऊ  काठमाण्डौं कै सपनामा  रमाउँथे । समय फेरियो  काठमाण्डौं पनि फेरियो  तर  फेरिएन पोसाक  अनि बढ्दै गरेको जिउमा  कसरी अटाओस्  वाल्यकालको लुगा ? अनि छोपिएन लाज  देखिएन ताज  र त बटुवाहरु  लाज लागेर  मुखौटो बिना हिड्न छाडे । आज  शहर जतासुकै बिध्न छ  सूचना बिहिन जाममा छ  स्वयम्भुका आँखाले देख्न छाडेका छन्  किन कि शहर  तुवाँलोमय धूलमा परिणत छ । कसैले काठमाण्डौंको हाल सोधेमा भनिदिनु होला है मुखौटो बिना काठमाण्डौ  देख्न सकिने छैन । मेरो शहर  हामीले मुखौटो लगायौं  मान्छे नचिनिने गरी  बाटोमा कसैसंग नबोल्ने गरी  हुन त आजभोली शहरको ...