नाकाबन्दी, हामी र हाम्रो समाज
नाकाबन्दी आधुनिक नेपाल शुरु भएपछि पनि नेपालको राजनीति र शासन उत्तदायित्व विहिन भएकै हो । इतिहाँस खोतलेर आजको दुख टर्दैन । त्यसैले खुला समाज र प्रजातान्त्रिक अभ्यास शुरुभए ( वि. सं. २०४६) पछिका कर्तव्यहरु पालना भए नभएको मुल्यांकन गर्ने समय आएको छ । यो किन पनि भनिएको छ भने नाकाबन्दीले नै पहिलो जनआन्दोलनलाई उचाई दिएको थियो । यो पनि विर्सन हुँदैन कि २००७ सालमा सम्झौता दिल्लीमा भएको र नेपालमा प्रजातन्त्रीक जग बसाल्न शुरु भएको हो साथै भारतीय नेताहरुको भाषणवाट नेपालको पहिलो जनआन्दोलनलाई थप बल पुगेको थियो । यो खुला अवधिमा कानून र गैर कानूनका सबै बैधानिक अबैधानिक प्रक्रियाहरु नेपालमा अबलम्बन गरिए । लामो समय नेपाली कांग्रेस सत्तामा रह्यो र दोश्रो एमाले दुबै नै भारतका सल्लाह अनुसार नै चलेकामा प्रश्न छैन । तर जनता केन्द्रीत राजनीति नभएर शासकीय बिरासत केन्द्रीत राजनीति यो अवधिको प्रमुख बाधक भएकै कारण जनताका आवस्यकता भन्दा शक्ति केन्द्र रिजाउने परिपाटीले विकास र चेतनाको स्तर बढाउन सकेन । दण्हीनता र सामाजिक वितृष्णालाई जब अपरिस्कृत राजनीतिको शिकार बनाइन्छ तब समाज विग्रह हुनथाल्छ अनि व...