Posts

Showing posts from 2014

...समस्या एकातिर सम्बोधन अर्कै ...

Image
समस्या दैनिक जसो सडक दुर्घटना, कतिको मृत्यु कति घाइते । अनुशासन विहिन चालक, प्रयोगकर्ता र नियन्त्रणकर्ताहरु । धुलाम्य र हिलाम्य सडक कुनै फोहोरको डंगुर जस्तो । खाल्डा खुल्डी र सामाग्री थुपार्ने भण्डारको रुपमा सडक । कमजोर निर्माण र मरम्मत सुधार अनियमित । सबैको रिस सडक माथि, घरका झगडाले समेत सडक अबरुद्ध हुन सक्ने अवस्था । सवारीको अवस्था नाजुक, पुराना र नियमित राम्रो अवस्था नरहेका ।  नाफा पाए मृत्युसंग डर नमान्ने संचालकहरु ।  नियम मिच्ने नै उत्तम  चालकहरु मानिने संस्कृति । नियमसंग पैसा /जरिवाना साट्ने राज्यका नीति तथा कानुनहरु । सडक मिचेर बनाइएका घर टहरा र अन्य निर्माणहरु । निजीकरणको उत्तम नमुना चक्र प्रणाली (Syndicate) । अनियमित आवत जावत, थोरै सवारीहरु, यात्रु संख्यामा बढोत्तरी । जथाभावी सडक निर्माण, गुणस्तरहिन संरचना । सबैको घर सडककै छेउमा हुनुपर्ने मान्यता । जथाभावी पार्किंग र यात्रु चढ्ने ओराल्ने । भाषण गर्ने तर काम नगर्ने नीतिकर्मीहरु । दुर्घटना सडक विभाग, प्रहरी, यातायात व्यवस्था विभाग वा स्थानीय निकाय कस्को जिम्वेवारी ? सबैको कामको ठेक्का प्रहरीलाई । अन्य निका...

वेदनाहरु

Image
**विलिन** संजालमा कति खुशिहरु सटिन्छन् मन रमाउँछन् हरदम क्षणको समय कति पीडा ओकल्छ धरतीमा ह्दय चुडिन्छ एक निमेषमा ! उज्वलताको कामना गर्दै वितेका ती बग्रेल्ती यादहरु छातीमै हिक्क हिक्क हुन्छ, धोका दिन्छ समयले युग अनुसारको वेदना चिन्दैन इश्वर जुन नास्तिक भेसकेको छ ! दैव लाग्छ अनुपमतामा ईर्ष्या गर्छ सेवामा कालान्तरमा विलिन बन्छ समय फेरि !! कस्तो विश्राम दियौ सम्झनै नसक्ने गरि चुडायौ, बचेखुचेका भावहरु निशब्द बनायौ !! चार दिवारले घर बन्ने भए सीमा पर्खालहरुको बेग्लै महत्व हुन्थ्यो, माया महानताको घरको संजाल कसरि फुटायौ !! गति र सगतिका अंशहरु यहिँ नेर विगति बनायौ, जन्म पछिको कर्ममा सफललाई लगेर अरुलाई असफल बनायौ !! सगुन र विष्कुन दुवै हराएको क्षण मन भित्रका मनहरु रोएको समय शुन्यतामा विलिन छ   !! **गति** समयको गति मिलेन कि ? पृथ्वी सहि घुमेन कि ? वा तारापुञ्जमा समस्या आयो ? मनमा सुसेलि रहेको झनक झनक झट्का तारन्तार झम्टिरहन्छ ! रहर त्यो समिपको इच्छाहरु सेवामा आबद्ध खोई पुनर...

नेपाल किन बनेन ??

Image
नेपाल किन बनेन ??                             -हरिहर पौडेल (नेपाल किन बनेन सन्दर्भ कान्तिपुरको वहस)               कान्तिपुरको वहस " नेपाल किन बनेन"मा ढिलै भए पनि राज्यको अधिकार, श्रोत र शक्ति लिएकाहरुको केहि नजर पर्नेछ भन्ने आसा गर्न सकिन्छ । एकै वाक्यमा " नेपाल किन बनेन " भन्ने रेडिमेड उत्तर पाउन नसकिए पनि क्षेत्रगत आधारमा विश्लेषण गर्दा कारणहरुको चाङ लाग्न सक्छ । आधुनिक नेपालको निर्माण पश्चातका अवधिको राजनितिक, आर्थिक र सामाजिक परिवेशलाई समेट्दा केहि कारणहरु भेटिन्छन् । राजनितिक आधारमा : राजनिति नै आधुनिक समाजको अग्रगमनको पुञ्ज हो । आधुनिक नेपालको वि.सं. २००७ सम्मको राजनितिक शासकीय प्रवृत्ती राजकीय राज्यसत्ताको चरम दुरुपयोग र आफुखुशी शक्ति उपार्जनको श्रोत मात्र रह्यो । हुन त त्यतिबेला चेतनाको स्तर बढेकै थिएन तैपनि राजनितिक संस्कृतिको जग बन्नु पर्न...