....सवारी....
विषय बुझकी पुस्तकाकारका ठेलीहरु पल्टाएर घोरिन्छ माने लिउं कोट र टाईमा विचारहरु टाँस्सिएका हुन्छन् अनि बेरिति अट्टहास हाँसोसंगै धेरै मनहरु कुल्चिइन्छ, तारिफ गर्न आफ्नै तल्लिन यो समाजको संस्कृति बन्छ, यस्तै सवारी वर्षौंदेखि चल्दै छ, परिवर्तनका योजनाहरु भुईँफुट्टाहरुको सम्मेलनमा अर्को निम्ता साथ टुंग्याइन्छ, अनि फाटेको टोपी, मैलो मजेत्रोको नाउँमा सवारी अगि बढ्छ । पुस्तक तयार पार्न हतार हुन्छ विकासको नारा सामारोहको कथा सुधारको आयामको सवारी अन्त्य हुन्छ मनहरु सवारीका भाग्यबादमा रमाईरहन्छन् । कर्म र धर्म मलिन बन्दा अर्को सवारी सुरु हुन्छ ।। -हरिहर २०७०।५।५