.....सीमाका गन्थनहरु वल्थलीमा ....
परिश्रमी हातहरु कान्ला खुर्किदै गर्दा प्रयास हो जीन्दगीको सुधार एउटा आयामको । पाल्नु पर्ने सीमाले मध्य भागहरु टाल्नु पर्ने फाटेका मनहरु यीनै सारहरुले .। क्षीतिज सम्मका सीमाहरु जोडेको छ वल्थलीले प्रकृतिका हजार कुसुमहरु अल्झाउँछ वल्थलीले । एउटा भीर माथि टुक्रुक्क बसेर खोपासी, पनौती र धुलिखेलका आयामहरु बिर्साउँछ वल्थलीले । राज्य बनाउने स-संकल्पीत रणनीति वल्थलीका क्षीतिजमा ज्वार-भाटा उठाउँछन्, विषय भित्र वस्तुगतता पहिल्याउँदै आदर्श ऊँचा राख्न मन फेरि नतमस्तक बन्छ । समृद्धीका प्रतिबद्धताहरु निरन्तर सुधारोन्मुख हुँदै पुन: वल्थलीमा जुर्मुराउँछन् । खोलाको सुसाहट संगै आचरण शुद्धताको खोजी स्वप्निल भू-दृष्य कैद गर्दै सीमाका बन्धनहरु नयाँ बाचा गर्दछ र त्यो सानो झ्यालवाट सीमाका आगामी संसारहरु चिहाइ्हेको हुनेछ .. यो हो यात्रा वल्थलिको !! -हरिहर वल्थली, काभ्रे २०६९।५।७