भन्सार यार्डको बास्ना !
भन्सारको एउटा साझा चरित्र भनेको वास्ना वा गन्ध पनि हो । धेरै भन्सारका साहित्यमा पढ्न पाइन्छ, केहि अनौठो गन्ध वा वास्ना आएमा भन्सार नजिकै छ भन्ने । विभिन्न किसिमका वास्नादार सामानहरु बोकेर आउने ट्रकहरुको वास्ना अनि परिश्रमी ट्रक चालकहरुका पसिनाका गन्धहरु नआउने भन्सार यार्ड नै हुँदैन भन्न सकिन्छ । साथै भन्सार यार्डमा ट्रक मुन्तिर बसेर खाना पकाउँदै गर्दाको वास्नाले र्याल चुहिने बनाउँछ जो कोहीलाई । सबैलाई आफ्नै हातमा स्टेरिंग होओस भन्ने लाग्नु स्वभाविक पनि छ । कोही देशको कोही कार्यालयको । अझ प्रतिष्पर्धाको दुनियामा आफ्नै निर्णय सर्वोपरी बनाउन को पो चाँहदैन र ? असली स्टेरिंग त ट्रक चालकहरुको हातमा छ । जसले सामान नल्याई दिने हो भने आजको दुनिया कल्पना गर्न सक्ने नै हुँदैन । हामीले उपभोग गर्ने सरसामानहरु कसरी टोलको पसलसम्म आइपुगे त ? ती पसलमा सजिने सामान कसले ढुवानी गरेर त्यहाँ सम्म ल्यायो उपभोग गर्दा ख्याल गरिन्छ र ? चालक ट्रकको, ट्रक साहुको, बोकिएको माल अर्कै देशको साहुको । अजब पेशा गजब जीन्दगी । कुनै मुसाफिर यात्री भन्दा फरक कहाँ छ र यो दिन चर्या । कास्मीर देखि कन्याकुमारी सम्मको यात्र...