Posts

Showing posts from March, 2023

बौवा मिस्त्रीसँग भन्सार अधिकृतको भेट!

Image
  ऊ ‘बौवा मिस्त्री’ राजुले भने। हामी एकतर्फी हाँस्यौँ। खासमा पसलमाथि झुण्ड्याइएको साइनबोर्ड थियो त्यो। लेखिएको थियो- ‘बौवा मिस्त्री’। कलंकी चोकबाट पश्चिम ढुंगा अड्डा नपुग्दै उत्तरतर्फ थियो बौवा मिस्त्रीको वर्कशप। भन्सारमा मोटर पार्ट्सको मूल्यांकनमा केको आधार लिने दैनिक अन्यौल हुन्थ्यो। मूल्य नबढाई लैजान नमान्ने घोषणाकर्ताहरू। झन् बढी शंका। अनि हामी सम्झन्थ्यौं ‘बौवा मिस्त्री’ लाई। भेट्ने अवसर मिलेन धेरै लामो समयसम्म पनि। त्यो बाटो हिँड्दै गर्दा प्रत्येक पटक झुण्ड्याइएको साइनबोर्डमा आँखा पुग्थे। तर अचानक एकदिन बोर्ड थिएन। अनि सुरु भयो कौतूहल। के कस्तो होलान् बौवा मिस्त्री? कहाँ गए होलान्? म ती बौवा मिस्त्रीको बोर्ड कहाँ गयो खोज्न हिँडेँ। त्यहाँ अर्कै पसल थियो। भेट भयो घरबेटी वीरगंजका कबिरजंग राणासँग। बडो मिजासिला मान्छे कबिरजीले भेट्टाइदिने वाचा गर्नुभयो, बौवा चाचालाई। उहाँहरू चाचा भन्नुहुँदो रहेछ। करिब १५ वर्षसम्म उहाँको घरमा मोटरपार्ट्सको दुकान र वर्कशप चलेको रहेछ बौवा मिस्त्रीको। कबिरजीले वाचा गरेको करिव डेढ वर्षपछि बल्ल साक्षात्कार हुन पाएँ बौवा मिस्त्रीसँग। भौतिक रुपमा भेट...