**हनुमान **

त्रेता युगमा हनुमानले छाती च्यातेर भगवान राम सीता देखाए ! राम भक्तिको उत्कठ समर्पण हनुमान महान देव भए । कलि युगको हनुमान प्रति मेरो सघन विरोध छ । कलि युग मिश्रित दोधारमा हनुमानको गाथा गाउँछ हनुमान भन्दा चाकडी र चाप्लुसीको आधार पाउँछ । अन्धता र विचारशुन्य समर्थनको हनुमानवाद कहलाउँछ । ओठे आदर्श कोठे सिद्धान्तको नियतमा नै आरती गर्दै गुनगान गाउने हनुमान बन्छ । कलि युगमा धन, शक्ति र आडम्बरको उचाईमा केही झर्ने आसामा हनुमानहरु रमाउँछन् आदर्श, ज्ञान र भक्तिको यो गाथामा हनुमान चालिसा हराउँछ । को ठूलो भन्ने आधार कलियुगका हनुमानको संख्याले निर्धारण गर्छ को महान भन्ने तथ्य विवेकहिनताको वहाबका कुतर्कलाई हनुमानका समर्थनले भाव दिन्छ । निस्वार्थ आदर्श बनेका राम भक्त हनुमानको प्रयोग प्रति मेरो घोर आपत्ति छ तेत्रा युगका कणकणमा राम झुल्ने हनुमान प्रति मेरो सलाम । प्रकाशित : http://lokaantar.com/story/92164/2019/11/16/harihar-poudel-?fbclid=IwAR1JOQHSSI3q-aaL6Z1QOWFa_3_aqdZjrzW9tkLyjhd4we-5...