Posts

Showing posts from 2019

हराएको विश्वास !!

                                                                         -हरिहर पौडेल सबेरै गाईको दुध बेच्न निस्किएका हामी विदेशी शक्तिवर्धक दुर्गन्धहरुको साँझ गन्ध सहित घर भित्र छिर्छौं । पुर्खाले सम्हालेका वीरहरुका गाथा पढ्दै गर्दा इतिहासकार इतिहाँस विर्सन्छ किनभने वीरहरुका रगतमा आजभोली ठ्वास्स गन्ध आउन थालेको छ । रेगिस्तानका श्रम शिविरमा रगत र पसिना चुहाएर कमाएको दुई माना सामल गाउँ नपुग्दै पोखिन्छ । भविष्य लेख्ने जिम्मा पाएको भावी हाम्रो निधार खाली राख्छ किनभने उसलाई लेख्न आउँदैन भन्न आउँछ । फाटेको कोट टाला हाल्दा हाल्दै सिलाएको रंग हराउँछ सायद ...