Posts

Showing posts from July, 2015

धर्म, संविधान र संघीयता

धर्म संविधान र धर्मको सम्बन्ध र सीमा के हो ? के संविधानमा धर्मको कुरा लेख्नै पर्छ त ? बहु (धर्म, जात, सम्प्रदाय) को कुरा लेखेर संविधानलाई बहुवचनाय बनाउनु भन्दा त्यस्ता कुरा उल्लेख नै नगरेर स्वतन्त्रयाय बनाउन मिल्दैन र ? धर्म आदर्श हो र संविधान कानुन !  आज लेख्ने भनिएको धर्म ! धर्म नभएर खाली परम्परा हो जसलाई हाम्रो संस्कृतिले पचाई सकेको छ । अत आदर्शलाई सानो ठाउँमा लेखेर खुम्च्याउनु हुँदैन कि ? धर्म भनेको हामीले मनाउने चाड र गरिने कर्म होइनन् ! यी त खाली परम्परा र संस्कृतिका भ्रमित  पाटाहरु हुन् । वैदिक (हिन्दु) धर्म वेदवाटै निर्देशित हुनुपर्ने हो तर अर्ध पुरेत संस्कृतिले बिगारेको पाटोमा हामी छौं । धर्म आफैमा स्वतन्त्र हो, माने पनि नमाने पनि । धर्मले कस्ले के भन्छ संग सरोकार राख्दैन । धर्मले विवाद निम्त्याउँदैन । खाली मान्छेले कसरी ग्रहण गरेको छ भन्ने पक्षले मात्रै विवाद हुने हो । यो त मोक्ष प्राप्तिको बाटो हो । विवाद कहिल्यै धर्म हुन सक्दैन । आदर्शलाई मेरो र तेरो भनेर गरिएका विवाद निरर्थक छन् । कुनै व्यक्ति दुनियामा त्यस्तो छैन जो जन्मदा नै धर्म लिएर आएको होस् । उस...