Posts

Showing posts from May, 2015

भुकम्प र पराकम्पका निसानाहरु

Image
कहिल्यै लिन नजानेका स्वाभिमानी मनहरु यसपटक छियाछिया बने कहिल्यै थाप्न नजानेका हातहरु एकमाना चामलको आषामा तीन दिनको यात्रामा निस्किए । राज्य उनीहरुको तस्वीर देखाउँदै रमाईरह्यो । अनुपम बस्तीहरु धूलोमा बिलिन भए छिमेकीहरु गिलासमा पानी लिएर आउँदा पानी कस्को हातवाट कस्लाई दिने भनेर राजनितीक निष्कर्ष विहिन बैठक बस्यो । बस्ती विकासका कोठे बहसहरुमा फाइदा बेफाइदाका कुराहरु उठे । विशाल घरमा पाल बाँडेर राज्यले जन प्रतिनिधित्वको उपहास उडायो । काम गर्ने तत्कालका सारथीहरु बिना सुविधा काममा जुटीरहँदा शहरमा कराईका टोपी, सुरक्षा ज्याकेट र पन्जा लगाएका एकहुल मान्छेहरु फोटो शेसन गर्दै थिए । विज्ञापनको दुनिया कैयौं प्रतिबद्धताका मूल फूटे महिनौ सम्म एकमाना चामल र ओत नपाएका शान्त र विशाल ती मनहरु आत्तिएनन् । उद्धारमा देशी विदेशीले ज्यान दिँदा राज्य भागबण्डामा रमाइरह्यो ।  भुकम्प र पराकम्प २०७२ का निशानाहरु निरन्तर निरन्तर त्रासदीपूर्ण बनेर हृदयहरु खल्बल्याई रहँदा राज्य देश विदेशको मुसाफिरमा रमाइरहेको छ दैव हाँसिरहेको छ