Posts

Showing posts from March, 2015

गाउँ जस्तो हुन्न शहर ......

गाउँमा लुटेर खाए जस्तो हुन्न शहर २५ रूपैंयाले दिन टारेर डकारे जस्तो कसैको पिंडीमा भारि बिसाए सरह पाहुँना लागेर हसुरे जस्तो हुन्न शहर । शहरमा एउटा उज्या लो भूर्इ र छत धु लो ढाक्ने मुखौटो बाहिर कार को शिसा समेतको चाहाना हुन्छ । सारा गाउँहरू शहर भनि मरिहत्ते गर्छन कति शहरका रछ्रयानमा डोव नै नरहने गरी पलायन हुन्छन भने कति शहरलार्इ नै निलौला झै गरी अट्टहाँस हाँ सो हाँस्ने मस्तीमा डुब्छन । साग किन्न जाँदा भोटे ताल्चा लगाउने शहर रातभरी जाग्राम वस्छ मेलापात जाँदा समेत छेस्किनीमा अड्याए को गाउँ समसाँझै मस्त निद्रामा सुत्छ । शहर आफैमा उधारो हो र त गाउँमा जस्तै अ‍ैंचोपैंचो पत्याउन्न शहरले पत्याउन फोर्व्स म्यागजीन को सूचिमा नाम चढ्नुपर्छ नभए जग्गा प्लटिंग विक्री को विल्डर्स हुनु पर्छ त्यो पनि नभए मेडिकल कलेज को संचालक हुनु पर्छ अनि शहरले बल्ल २ माना पैं चो पत्याउँछ धेरै गाउलाई तुरे को छ शहरले धेरै आसालाई भुलेको छ शहरले नन्द अधिकारीको शरिर देखि डा.के.सी.को भावनासम्म शहरमा विलिन भएकाछन् ।...