...समस्या एकातिर सम्बोधन अर्कै ...

समस्या दैनिक जसो सडक दुर्घटना, कतिको मृत्यु कति घाइते । अनुशासन विहिन चालक, प्रयोगकर्ता र नियन्त्रणकर्ताहरु । धुलाम्य र हिलाम्य सडक कुनै फोहोरको डंगुर जस्तो । खाल्डा खुल्डी र सामाग्री थुपार्ने भण्डारको रुपमा सडक । कमजोर निर्माण र मरम्मत सुधार अनियमित । सबैको रिस सडक माथि, घरका झगडाले समेत सडक अबरुद्ध हुन सक्ने अवस्था । सवारीको अवस्था नाजुक, पुराना र नियमित राम्रो अवस्था नरहेका । नाफा पाए मृत्युसंग डर नमान्ने संचालकहरु । नियम मिच्ने नै उत्तम चालकहरु मानिने संस्कृति । नियमसंग पैसा /जरिवाना साट्ने राज्यका नीति तथा कानुनहरु । सडक मिचेर बनाइएका घर टहरा र अन्य निर्माणहरु । निजीकरणको उत्तम नमुना चक्र प्रणाली (Syndicate) । अनियमित आवत जावत, थोरै सवारीहरु, यात्रु संख्यामा बढोत्तरी । जथाभावी सडक निर्माण, गुणस्तरहिन संरचना । सबैको घर सडककै छेउमा हुनुपर्ने मान्यता । जथाभावी पार्किंग र यात्रु चढ्ने ओराल्ने । भाषण गर्ने तर काम नगर्ने नीतिकर्मीहरु । दुर्घटना सडक विभाग, प्रहरी, यातायात व्यवस्था विभाग वा स्थानीय निकाय कस्को जिम्वेवारी ? सबैको कामको ठेक्का प्रहरीलाई । अन्य निका...