नेपाल किन बनेन ??
नेपाल किन बनेन ?? -हरिहर पौडेल (नेपाल किन बनेन सन्दर्भ कान्तिपुरको वहस) कान्तिपुरको वहस " नेपाल किन बनेन"मा ढिलै भए पनि राज्यको अधिकार, श्रोत र शक्ति लिएकाहरुको केहि नजर पर्नेछ भन्ने आसा गर्न सकिन्छ । एकै वाक्यमा " नेपाल किन बनेन " भन्ने रेडिमेड उत्तर पाउन नसकिए पनि क्षेत्रगत आधारमा विश्लेषण गर्दा कारणहरुको चाङ लाग्न सक्छ । आधुनिक नेपालको निर्माण पश्चातका अवधिको राजनितिक, आर्थिक र सामाजिक परिवेशलाई समेट्दा केहि कारणहरु भेटिन्छन् । राजनितिक आधारमा : राजनिति नै आधुनिक समाजको अग्रगमनको पुञ्ज हो । आधुनिक नेपालको वि.सं. २००७ सम्मको राजनितिक शासकीय प्रवृत्ती राजकीय राज्यसत्ताको चरम दुरुपयोग र आफुखुशी शक्ति उपार्जनको श्रोत मात्र रह्यो । हुन त त्यतिबेला चेतनाको स्तर बढेकै थिएन तैपनि राजनितिक संस्कृतिको जग बन्नु पर्न...