Posts

Showing posts from 2013

बाग्मती सफाई र विज्ञापन

Image
समस्या  ... प्रतिदिन बाग्मतीमा फोहोरको थुप्रो । राजधानीमा समयमा फोहोर उठाउन नआउने नगरपालिका । सरकारले फोहोर फाल्न दीर्घकालीन स्थान तोक्न सकेन । फोहोरको कारण दुर्गन्ध र रोगहरुको महामारी बढ्ने खतरा । पवित्र नदिको स्नानले मात्रै रोग निको हुने धार्मिक विस्वास । लासहरु पोलेको देखि पुजा गरेका सामाग्रिहरुको उचित व्यवस्थापन हुन सकेन । नदि किनारका बासिन्दाहरु दैनिक फोहोर गन्धवाट आजित हुँदा पनि पुन फोहोर त्यहि ठाउंमा फाल्न नछोडेका । विज्ञापन ... फोहोर देखाएर सफाई अभियान चलाउने संघ संस्थाहरु स्थापना र दातृ संस्थाहरुको समेत सहयोग । अन्य शहरी क्लब र संगठनहरुको सफाई अभियान । निजामती, स्कुल, प्रहरी, सेना सबैको उत्सवमा सफाईका नाराहरु र उत्सवे सफाई कार्यक्रम । पत्रिका तथा मिडियाहरुमा तीनका व्यवस्थापकहरुको विज्ञापन र प्रचार । .....प्रत्येक शनिवार विहान कार्यक्रम र शुक्रवार सांझ  फोहोर गर्ने बानी ........  श्रोत र शक्ति ... बाग्मती सफाईका लागि हाल गरिएका प्रयासहरु प्रसंशनीय भए पनि दिर्घकालीन सोचका साथ आउन सकेनन् । सफाई अभियानमा लगाएको श्रोत र शक्तिलाई जनचेतना र अपनत्वको विकास ...

केहि झलकहरु बुसान, कोरियाका

Image
बुसान, कोरिया   कोरिया कस्टम्सका समकक्षी  भारतीयसंग  न्युजिल्यांडका साथी  बिहान

प्रतिबद्धताका खेलहरु

बोल्न कति सजिलो छ गरि पुर् याउन कति कठीन ? नियति भोग्दै छ समय एक्काइसौं शताब्दीमा पुन: भाग्यवादको, कमजोर मानसिकता र दीर्घपूर्ण सोच बिना उपज आएको पनि त छैन प्रगतिका आकांक्षाहरु केवल कविताका भाषा होईनन् कि सुधारका रणनीतिहरु केवल मन बुझाउने काया पनि त नहोलान् सजिएर शब्दमा पुरस्कार थाप्छ एउटा पुन: शब्दका खोलले चुनौतिमा मीठास थप्छ अर्को बलियो बनाउनु पर्ने नै कमजोर पारिन्छ यो नियति हो प्रतिबद्धताको नाम फेरिन्छ, तमक झमकमा आषा पलाउन शुरु हुन्छ अनि मुलुकको दुर्भाग्य भाग्यवादमा कोरिन्छ फाटेका टोपीमा जडेका मनहरुलाई विश्वले अनुदानमा समेट्छ टाई र कोटका अभिषप्त मनहरु कागजका खेलमा हनुमान बन्छन् दुनो चाट्ने र पछि लाग्नेहरुको शकुनि खेलमा समाज हेरिन्छ उपलब्धी शुन्यतामा रहेकै बेला महोत्सवीय तस्वीर अभिलेखमा राखिन्छ विचरा प्रतिबद्धताहरु भाग्यवादका नियति बन्छन् नियास्रा मनहरु छिरोल्न खप्पिस छन् नाता र दाताका पुज्यारीहरु त्यसैले त उठ्न सक्छन् समाजिक वितृष्णाका मुलहरु   कालान्तरमा विजय प्राप्त हुन्छ कोट र टाईमा केहि नया अनुहार अभ्...

....सवारी....

विषय बुझकी पुस्तकाकारका ठेलीहरु पल्टाएर घोरिन्छ माने लिउं कोट र टाईमा विचारहरु टाँस्सिएका हुन्छन् अनि बेरिति अट्टहास हाँसोसंगै धेरै मनहरु कुल्चिइन्छ, तारिफ गर्न आफ्नै तल्लिन यो समाजको संस्कृति बन्छ, यस्तै सवारी वर्षौंदेखि   चल्दै छ, परिवर्तनका योजनाहरु भुईँफुट्टाहरुको सम्मेलनमा अर्को निम्ता साथ टुंग्याइन्छ, अनि फाटेको टोपी, मैलो मजेत्रोको नाउँमा सवारी अगि बढ्छ । पुस्तक तयार पार्न हतार हुन्छ विकासको नारा सामारोहको कथा सुधारको आयामको सवारी अन्त्य हुन्छ मनहरु सवारीका भाग्यबादमा रमाईरहन्छन् । कर्म र धर्म मलिन बन्दा अर्को सवारी सुरु हुन्छ ।। -हरिहर २०७०।५।५

पुर्वोत्तर

Image
 ४ नं लाईनवाट ९ नं परिवर्तन (कोरिया)  कोरिया कस्टम्स र नेपाल कस्टम्स  कोरिया राजाको दरवार गेट मायाको चिनो सिउल एन टावर

!!स्वप्नील साकुरा!!

उत्तर सेतै फुल्दा मध्य हरियाली हुंदा तल पंहेलपुर सुन लहरिन्थे, फुलेका कपाल झर्न थाले डांफे र कोइलीहरु बसाई सर्न थाले, हरियालीको रखवाली रेगिस्तानको श्रम शिविरमा खुट्टा बजार्दै होला । सुनको मुल्य आकासियो पत्थरमय सुनखानी । पर्यटनको पर्व यसैबेला सोच र सामर्थ्य छैन बन्यो साधना कुरा मय । अगाडि सा थप्दा साकुरा !! स्वप्नील दृष्य मनवाट हराउंदैन एउटा कथा साकुराको, कुरामयवाट साकुरामय । कद छोटो हलक्क बढ्न नसकेको भएर के भो सुन्दरता गुराँससंग गर्दा हुने । लाली छरेको सुन्दर शान्त जापानको सम्पदा । यो हो स्वप्नील साकुरा । फेदै नेर साके (रक्सी) सँगै रमाउँदा यो वैँस फेरि उन्मुक्त हुन खोज्छ, वनपाखाका दौंतरी लालीगुराँसको फेदैमा दोहोरी संगीत गुन्जिन्छ । कुरामय मुलुक पर्यटनको पर्व मनाईरहँदा साकुराको फेदमा साकेको चुस्की धन्य... तिमी स्वप्नील साकुरा !! -हरिहर साकुरावाट लालीगुराँस फर्केपछि