Posts

Showing posts from April, 2021

भन्सार अधिकृतको ट्रक डायरी

Image
  भन्सार अधिकृतको ट्रक डायरी हरिहर पौडेल माघ ३० उज्यालो भयो होला भन्ने ठानेको, हेटौंडा नपुग्दै रातमाटे भन्ने ठाउँको हल्लाले ब्युँझाएको रहेछ। प्रहरी जाँच रहेछ हेटौंडा पुग्नेबेलाको सडकमा। त्यस्तो राती पनि प्रहरी जाँच! हाम्रो मुलुक पनि संसाँझै सुत्दो रहेनछ। मुलुकका रखवारीहरू रातभर ड्युटीमा हुँदा रहेछन्। हुन त भन्सार पनि सुत्न मिल्दैन, राती ब्युँझेर कति पटक एम्बुलेन्स, तीर्थ यात्री र कार्नेटहरूलाई पठाएका छौं। भन्सार अधिकृत भएर काम गर्दा नै मैले मालवाहक ट्रक र त्यसका चालकहरूलाई माया गर्न सिकेको हुँ। माल बोकेर आउने ट्रक र चालक आएनन् भने हामी कहाँ न व्यापार हुन्छ, न खानै पाइन्छ।  पटकपटक मालवस्तु भन्सारमा जाँच गर्दा भारतीय ट्रक चालकहरूसँग धेरै पटक कुरा गरेको छु। उनीहरूको जीवन र दिनचर्या देखेर पटकपटक लोभ नलागेको पनि होइन। थोरै तेल, मसला, हरियो सब्जी, केही चामल र पीठो दैनिक किनेर सडक किनार वा भन्सार यार्डमै पकाएर मीठो मानी खाएको देखेको छु। त्यसरी नै उनीहरूसँग खाने मनको धोको आजसम्म अपूरै छ। नेपाली ट्रक चालक र भारतीय ट्रक चालकमा फरक छ। भारतीयहरू त्यसरी आफैं पकाएर खान्छन् भने नेप...