एउटा फरक अनुभव : भारत कृषि भ्रमण

“दुब्लो शरिर, चिन्ता मिश्रण अनुहार, झुस्स दारी, फाटेको टोपी, मैलो कमिज, छोटो कछाड लगाएको र कुटो कोदालो, हलो बोकेको कोही मान्छे फोटोमा देखियो भने ऊ कृषक । त्यस्तो मान्छे बन्न के हाम्रा नयाँ पिँडी आकर्षित होलान् ? अनि कसरी होस् त नयाँ व्यवसायीको आगमन कृषि पेशामा ? मन भित्र बसेका अनुभुति परिवर्तन नगरी कृषिमा रुपान्तरण संभव होला र ? अब डम्म शरिर, हँसिलो अनुहार, टक्क एप्रोन सहित ह्याट लगाएको, कमसे कम आधुनिक कृषि उपकरण सहितको कृषि व्यवसायीको फोटो त बनाउन पर्यो नि पहिला ।“ भनेर मैले भन्दा प्रमुख कृषि प्रसार अधिकृत प्रकाश लगायत सबै हाँसे । कृषक नभनौं कृषि व्यवसायी भनौं भनेर पटक पटक आग्रह पनि गरें । १२ कृषि व्यवसायी सहित २५ जनाको समूह यो प्रदेश नं १ को पहिलो प्रयास भारत भ्रमणको जसलाई लाइभस्टक अधिकृत कुमार खत्रीले संयोजन गरेका थिए भने उनको काम प्रतिको लगनशिलता, प्रतिबद्धता र समर्पण साह्रै उदाहरणीय पनि छ । आर्थिक वर्ष २०७५।०७६ को अन्तिम दिन प्रदेश राजधानी विराटनगरमा करिव ३ बजे सम्म अड्डा कै काममा व्यस्त रही ३।३० बजे हतार हतार मेची तिर प्रस्थान गरियो । झापाको बाहुनडाँगीमा व...