खप्तडका मिठा अनुभूति
हरिहर पौडेल हाम्रो गाइड बनेका लक्ष्मण भाईले ‘अब धेरै छैन त्यही रुखको टुप्पानिर हो पुग्नुपर्ने’ भन्दा रमाइलो भयो । त्यस्ता रुख धेरै छाडिए तर गन्तब्य आएन । कात्तिक अन्त्यतिर पदयात्री जान रोकिने सिजन परेछ । हामी ४ जना र गाइड बाहेक अरु बाटामा कोही भेटिएनन्। बाटाभरी फूल्ने अनगिन्ति फूल करिब करिब सुकि सकेका । खप्तडको विशेषता भनेकै अन्त नपाइने वनस्पती फूलवारी पनि रहेछ । लक्ष्मण भाईले रोक्दारोक्दै जितेन्द्र र म पटकपटक फूलहरुको झाडीमा लुकामारी खेल्यौं, तीनै वनस्पतिको असरले होला टाउको नराम्रोसंग दुख्यो हाम्रो। सिजनमा मात्र होटल खुल्छन् । होटलवाला हामीलाई २ बजेसम्म कुरेर हिँडेछन् । त्यसैले हामी निकुञ्जकै आवास गृहमा बस्यौं। १८ कार्तिक (०६९) को साँझ जाने कि नजाने दोमनलाई चिरेर व्यवस्थापन गर्न अग्रसर भयो कमल, मेरो उत्साह र कमलको व्यवस्थापनले हामीलाई पु¥याएकै हो जहाँ पृथ्वीमा छु भन्ने भ्रम रहन्छ ‘खप्तड’ । १९ कात्तिक धनगढीवाट विहान हिँड्दा पनि रमेशलाई हामी पुगौंला भन्ने कल्पनासम्म थिएन । अत्तरिया आए पछि आफन्त कहाँ गएर जाडोका लागि ज्याकेट र स्लिपिंग ब्याग जोहो कमलले न...