वेदनाहरु

**विलिन** संजालमा कति खुशिहरु सटिन्छन् मन रमाउँछन् हरदम क्षणको समय कति पीडा ओकल्छ धरतीमा ह्दय चुडिन्छ एक निमेषमा ! उज्वलताको कामना गर्दै वितेका ती बग्रेल्ती यादहरु छातीमै हिक्क हिक्क हुन्छ, धोका दिन्छ समयले युग अनुसारको वेदना चिन्दैन इश्वर जुन नास्तिक भेसकेको छ ! दैव लाग्छ अनुपमतामा ईर्ष्या गर्छ सेवामा कालान्तरमा विलिन बन्छ समय फेरि !! कस्तो विश्राम दियौ सम्झनै नसक्ने गरि चुडायौ, बचेखुचेका भावहरु निशब्द बनायौ !! चार दिवारले घर बन्ने भए सीमा पर्खालहरुको बेग्लै महत्व हुन्थ्यो, माया महानताको घरको संजाल कसरि फुटायौ !! गति र सगतिका अंशहरु यहिँ नेर विगति बनायौ, जन्म पछिको कर्ममा सफललाई लगेर अरुलाई असफल बनायौ !! सगुन र विष्कुन दुवै हराएको क्षण मन भित्रका मनहरु रोएको समय शुन्यतामा विलिन छ !! **गति** समयको गति मिलेन कि ? पृथ्वी सहि घुमेन कि ? वा तारापुञ्जमा समस्या आयो ? मनमा सुसेलि रहेको झनक झनक झट्का तारन्तार झम्टिरहन्छ ! रहर त्यो समिपको इच्छाहरु सेवामा आबद्ध खोई पुनर...