प्रतिबद्धताका खेलहरु
बोल्न कति सजिलो छ गरि पुर् याउन कति कठीन ? नियति भोग्दै छ समय एक्काइसौं शताब्दीमा पुन: भाग्यवादको, कमजोर मानसिकता र दीर्घपूर्ण सोच बिना उपज आएको पनि त छैन प्रगतिका आकांक्षाहरु केवल कविताका भाषा होईनन् कि सुधारका रणनीतिहरु केवल मन बुझाउने काया पनि त नहोलान् सजिएर शब्दमा पुरस्कार थाप्छ एउटा पुन: शब्दका खोलले चुनौतिमा मीठास थप्छ अर्को बलियो बनाउनु पर्ने नै कमजोर पारिन्छ यो नियति हो प्रतिबद्धताको नाम फेरिन्छ, तमक झमकमा आषा पलाउन शुरु हुन्छ अनि मुलुकको दुर्भाग्य भाग्यवादमा कोरिन्छ फाटेका टोपीमा जडेका मनहरुलाई विश्वले अनुदानमा समेट्छ टाई र कोटका अभिषप्त मनहरु कागजका खेलमा हनुमान बन्छन् दुनो चाट्ने र पछि लाग्नेहरुको शकुनि खेलमा समाज हेरिन्छ उपलब्धी शुन्यतामा रहेकै बेला महोत्सवीय तस्वीर अभिलेखमा राखिन्छ विचरा प्रतिबद्धताहरु भाग्यवादका नियति बन्छन् नियास्रा मनहरु छिरोल्न खप्पिस छन् नाता र दाताका पुज्यारीहरु त्यसैले त उठ्न सक्छन् समाजिक वितृष्णाका मुलहरु कालान्तरमा विजय प्राप्त हुन्छ कोट र टाईमा केहि नया अनुहार अभ्...